पर्यटन बुझ्दै डफिल्डन स्टार(फोटोफिचर)

धरान । भुटेको मकै–भटमास र गुन्द्रुकको अचार । साथमा गाउँकै अग्र्यानिक काक्रा । चाउमिन, मःम र थुक्पालगायत खाजाको स्वाद लिइरहेका शहरियालाई पनि गाउँघरको यो खाजा कम्ता मिठो हुदैन ।
विश्वप्रसिद्ध भेडेटार ७ स्थित नाम्जे गाउँ पुग्ने पर्यटक पाहुनालाई स्थानीयबासीले यही खाजाबाट शुरुमा स्वागत गर्छन् । सफा बाटो, चिटिक्कको घर, आँगनमा फुलबारी । घर वरीपरी हरियो तरकारी बाली र फलफुल । पहिलो पटक नाम्जे पुग्नेलाई प्रकृतिसँगै स्थानीयको न्यानो स्वागत र पारीवारिक माहौलले मोहित बनाउछ । धरान ३ स्थित उच्च डल्फिन पुर्वाञ्चल एकेडेमीकी छात्रा मनकुमारी तामाङ मंगलबार पहिलो पटक नाम्जे पुगिन् । खोटाङमा जन्मी हुर्केकी उनलाई पनि नाम्जे गाउँ धेरै मनप¥यो । ‘म पहिलो पटक आएको हो, नाम्जे साह्रै राम्रो लाग्यो’–खुशी हुदै उनले भनिन्–‘यहाँको वातावरण, बोली व्यावहार सबै राम्रो छ ।’
अमेरिकी समाचार संस्था सिएनएले २०६८ सालमा पुग्नैपर्ने विश्वको १२ औं गन्तव्यको सुचीमा राखेपछि नाम्जे गाउँ विश्वको आँखामा प¥यो । त्यसपछि भेडेटर बजारदेखि करिब ४ किलोमिटर पुर्वको यो गाउँमा पर्यटकहरु ओइरिन थाले । अमेरिकी आर्किटेकहरुले निर्माण गरेको अनौठोको आत्मा बस्ने घर, हरदम चिसो वातावरण र अग्र्यानिक तरकारी खेतीले नाम्जेले प्रसिद्धि पायो । गाउँलेहरुले पर्यटकहरुलाई होम स्टेको व्यवस्था गरेका छन् । नाम्जेमा मगर जातिको बाहुल्यता छ । होम स्टेमा बस्न, पुर्वेली मगरहरुको मात्र नाच हुर्रामा रमाउन र होम स्टेबारे अध्ययन गर्न दिनहुँ नाम्जे पुग्ेनहरुको घुइचो लाग्छ ।
यही गाउँमा पर्यटन र होम स्टेबारे ज्ञान दिलाउन डल्फिन पुर्वाञ्चल एकेडेमीले डल्फिन स्टार २०७३ का फाइनल प्रतियोगीहरुलाई भ्रमणमा लगेको थियो । एकेडेमीले विद्यार्थीहरुलाई कोर्षको ज्ञानसँगै बाहिरी ज्ञान दिलाउने उद्देश्यले गायन, नृत्य र मोडलिङ गरी तीन विधामा डल्फिन स्टार आयोजना गरेको जनाएको छ । गायनमा ७, नृत्यमा ५ र मोडलिङका ११ जना फाइनल प्रतिस्पर्धीहरुलाई एकेडेमीले मंगलबार पर्यटकीयस्थल भेडेटार, नाम्जे र नमस्ते झरनाको अवलोकन भ्रमण गराएको थियो । ‘विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र होइन, बाहिरी ज्ञान पनि आवश्यक भएकोले पर्यटकीय क्षेत्रको भ्रमण अवलोकन गराएका हौंं’–प्रिन्सिपल एवं निर्देशक सन्तोष राईले भने ।
नाम्जेस्थित होम स्टे व्यावस्थापन समितिका अध्यक्ष अनिल कुमार राना मगरले डल्फिन स्टारका प्रतियोगीहरुलाई होम स्टे र पर्यटनबारेमा विस्तृत जानकारी दिएका दिए । सिएनएनले उत्कृष्ट गन्तव्यको सुचिमा राखेपछि होम स्टे शुरु गरेको र घरमा जे पाक्छ त्यही खुवाउने चलन रहेको पनि बताए । ‘पर्यटकहरु आउनुहुन्छ, मौषमअनुसारको सागसब्जी, फलफुल लैजानुहुन्छ’–मगरले भने–‘गाउँघरको तरिकाले सिस्नु, ढिडो, दुधदही पनि पकाएर दिन्छौं, पाहुनाहरु त्यसैमा रमाउनुहुन्छ ।’ नाम्जे पहिलो पटक पुगेकी धरान ११ की  रेश्मा मोक्तानलाई नाम्जे गाउँबाट प्रभावित मात्र भइनन्, केही गर्ने सोच भए गाउँघरमा नै गर्न सकिने ज्ञान पनि पाएको बताइन् । ‘म पनि पहिलो पटक आएको हो, यहाँ किन ल्याएको होला भनेर सोच्दैथे’– मोडलिङकी प्रतिस्पर्धी रेश्माले भनिन्–‘गाउँघर भनेर हुदैन रहेछ, चाहयो भने गाउँघरमा नै धेरै कुरा गर्न सकिने रहेछ ।’









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे