होचो कदका अग्ला व्यक्तित्व(फोटोफिचर)
धरान । उनको उचाई औसत भन्दा पनि कम छ । तर, व्यक्तित्व भने उच्च । नेपाली भाषा वाङमयको श्रीवृद्धिसँगै आदिबासी जनजातिको लापोन्मुख भाषा संरक्षण, संवद्र्धनमा उनको लगानीले उनको कदलाई उच्च बनाएको छ । तिनै होचो कदका अग्ला पुरुष प्रा.डा.टङ्क न्यौपानेले बिहिबार मोती जयन्तीको अवसरमा नागरिक अभिनन्दन पाउदा दिनभर अत्यन्तै भावुक बने ।
इटहरीको अभिनन्दन पछि डा.न्यौपानेले धरान प्रवेश गर्दैगर्दा तीनकुनेस्थित सिरीजंगाको सालिकमा माल्र्यापण गरे । त्यसपछि पब्लिक उच्चमाविको मैदानबाट उनको रथारोहण शुरु भएको थियो । पञ्चेबाजा अघि लागेर शुरु भएको रथारोहणले नगरको परिक्रमण गर्दै न्यौपानेलाई सैनिक भवनको प्राङ्गणमा पु¥यारो, जहाँ नागरिक अभिनन्दन समारोहको तयारी थियो । रथारोहण कार्यक्रममा साहित्यिक श्रष्टा, प्राध्यापक र विद्यार्थी मात्र होइन्, नेवार, राई, सुनुवार, खड्गी समाजलगायत विभिन्न जातजातिहरुले साँस्कृतिक झाँकीसहित सहभागीता जनायो । जसले डा.न्यौपाने मात्र एक जाति वा समुदायको व्यक्ति होइन भन्ने सन्देश दिएको थियो ।
सैनिक भवनमा न्यौपानेलाई अभिनन्दन गर्न उनकै कद बराबरको आकर्षक ताम्र पत्र तयारी अवस्था थियो । तर, असावधानीवश स्टेजबाट खसेर सिसा फुट्यो । फ्रेम विनाको ताम्रपत्र पाउदा पनि उनमा कुनै दुःखमनाउ थिएन । त्यसपछि त विभिन्न संघसंस्थाहरुबाट उनलाई अभिनन्दनको लर्को लाग्यो । सडकदेखि शिखरतिर नामक ५ सय २८ पेजको अभिनन्दन ग्रन्थ पनि सार्वजनिक भयो । किरात राई यायोक्खाले पगरी गुथेर सम्मान दियो । मृत्युपश्चात गुणगान गाउने र सम्मान गर्ने चलन विपरीत जीउदो छदै रथारोहणसहित नागरिक अभिनन्दन पाउने न्यौपाने थोरै भाग्यमानीमा पर्छन् । उनले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा लगाएको गुन र पिछडिएको जातिको भाषा,सँस्कृति संरक्षणको लगानीले उनी यसको हकदार पनि हुन् । ‘उहाँले यो सम्मान, अभिनन्दन त्यतिकै पाउनुभएको होइन । प्राध्यापन पेशामा रहेर पनि भाषा, साहित्यको सेवामा उहाँको ठुलो योगदान छ । भाषा साहित्यमा भित्रिएको विकृतिमाथि आवाज उठाउने उहाँ पुर्वबाट एक्लो योद्धा हुनुहुन्छ’–डा.न्यौपानेबारे समालोचक दिपक न्यौपानेले भने–‘उहाँ सधै दमित, उपेक्षित, शोषित समुदायको भाषा,सँस्कृति संरक्षणमा लगानी गर्नुभयो । साँच्चै भन्ने हो भने उहाँ होचो कदका उच्च शिखर व्यक्तित्व हुन् ।’
समाचोलक न्यौपानेले भनेझै २०६७ सालमा डा. न्यौपानेले नेपाली भाषाको वर्णविन्यासको मानक जोगाउन चालेको अभियान सधै स्मरणीय छ । उच्च माध्यमिक शिक्षा परिषद्ले निर्धारण गरेको पाठ्यक्रमलाई आधार बनाएर कक्षा ११ को ‘सबैको नेपाली’ पाठ्यपुस्तक प्रकाशित भएको थियो । उक्त पुस्तकले नेपाली वर्णविन्यासका परम्परागत मानकलाई भत्काएको थियो । त्यसविरुद्ध मोफसलमा पुर्वबाट आवाज उठाउने उनी एक्ला व्यक्ति थिए । काठमाण्डांैमा अहिले चलिरहेको नेपाली भाषा बचाउ अभियान त्यतिबेला डा.न्यौपानेलगायतले शुरु गरेको आन्दोलनकै निरन्तरता हो । राजनीतिक परिवर्तनसँगै पछिल्लो समय नेपाली भाषालाई खस नेपाली, लिम्बु नेपाली, मैथली नेपाली, नेवारी नेपाली भाषा भनिनुपर्ने विचार व्यक्त हुदैआयो । डा.न्यौपानेले त्यसलाई अस्वीकार गर्दै लिम्बु, नेवारी, मैथली, राईलगायत भाषा सबै नेपालकै भाषाहरु भएकोले नेपालेली भाषा भनिनुपर्ने भन्दै देशव्यापी अभियान चलाए । सबै मातृभाषा राष्ट्रभाषा हो भन्ने मान्यतालाई उनले तार्किकरुपमा अघि बढाए ।
डा.न्यौपानेले ०६० सालमा धनकुटा बजार आसपासमा रहेका अल्पसंख्याक आठपहरिया राई भाषामा विद्यावारिधी गरेका थिए । ब्रह्मण कुलमा जन्मिएका न्यौपानेलाई भाषा, साहित्यका अन्य विभिन्न विधार र बिषयमा सोध गर्ने विकल्प खुला भएपनि उनले अल्पसंख्यक आदिबासी जनजातिको भाषामा सोध अनुसन्धान गरे । यसमा उनको तर्क छ,–‘कुनै जाति वा समुहले बोल्ने भाषा भएपनि त्यो नेपालको सम्पत्ति हो, नेपालको सम्पत्ति विश्वको हो । नेपाली भन्ने जात छैन, राष्ट्रियता छ । त्यो राष्ट्रियतामा यि सबै भाषा उनिनुपर्छ ।’ त्यसो त उनले आठपहरिया राईको भाषामा ०४१ सालमा नै लघु अनुसन्धान गरिसकेका थिए । त्यतिबेला निरंकुश पञ्चायती व्यवस्था थियो, भाषा–सँस्कृतिको कुरा गर्नु वन्देज थियो । तत्कालीन राजा महेन्द्रको १०४ गल्ती पर्चामा लेखेवापत उनी पक्राउ परेर जेल पनि परेका थिए ।
डा.न्यौपोनेको नेपाली व्याकरण निर्देशिका(२०३६), भाषा विज्ञानको रुपरेखा(२०५१), दिग्भ्रान्त आधुनिक भाषाविज्ञान(२०५३), नेपाली ध्वनीशास्त्र( सहलेखन २०३९), नेपाली भाषामा वाच्य परिवर्तन(२०३८), आठपहरिया राईको भाषिक अध्ययन(विद्यावारिधी अनुसन्धान २०५८)लगायत विविध पुस्तक लेखेका छन् । नागरिक अभिनन्दन मुल समितिका संयोजक अनिल पौडेलले आधुनिक नेपाली भाषा साहित्यका एकताका प्रतिककोरुपमा डा.न्यौपानेको उदय भएकोले अभिनन्दन गरिएको बताए । किरात राई यायोक्खाका अध्यक्ष तिलक राई, साहित्यकार वम देवान, आठपहरिया समाजका अध्यक्ष कमल छाराहाङ, आसामेली साहित्यकार रण काफ्लेलगायतले डा.न्यौपानेको प्रसंशा गर्दै उनी अभिनन्दनको सच्चा हकदार भएको बताए ।

Comments
Post a Comment