पर्यटनले फेरिएको गाउँ नाम्जे
धरान । चार बर्षअघिसम्म भेडेटार ७, नाम्जेकी मतिमाया मगरको परिवारलाई घरखर्च चलाउन बेलाबखत ऋण नलिई नहुने । बारीमा उब्जाउ भएको तरकारी बोकेर धरान पु¥याउनुपर्ने । छरछिमेकको अवस्था पनि उस्तै ।
अहिले बेग्लै अवस्था छ । पहिला जस्तो घरखर्च चलाउन ऋण खोज्नु परेको छैन । दिनहँु जसो घरमा पाहुना आउछन् । उनलाई स्वागत सत्कार गर्दैमा फुर्सद छैन । पाहुनाको स्वागत सत्कारमा पनि उनलाई आम्दानी छ । उनको बारीमा उत्पादन भएको अधिकांश तरकारी र फलफुल पनि बोटमै बिक्री हुन्छ । खासमा मतिमायाले घरमा होम स्टे सञ्चालन गरेकी छिन् । होम स्टेकै कारण उनको आर्थिक अवस्थामा यस्तो सुधार भएको हो । ‘आम्दानी राम्रै छ, पहिला जस्तो घरखर्च चलाउन ऋणपान गर्नुपरेको छैन’–खुशी हुदै उनले भनिन्–‘होम स्टे शुरु गरेपछि धेरै सजिलो भएको हो ।’
अमेरिकी समाचार संस्था सिएनएले २०६८ सालमा पुग्नैपर्ने विश्वको १२ औं गन्तव्यको सुचीमा समेटेपछि नाम्जे गाउँ विश्वभर चर्चित भयो । सिएनएनले थुम्की डाँडास्थित अनौठोको आत्माबस्ने घर, हरदम चिसो वातावरण, अग्र्यानिक खेती र होम स्टेबारे चर्चा गरेको थियो । जसले गर्दा नाम्जे गाउँमा होम स्टे खोज्दै पर्यटकहरु आउन थाले । त्यसपछि मात्र स्थानीयले पर्यटन र होम स्टेको महत्व बुझे । ‘०६८ सालसम्म हामीलाई होम स्टेबारे केही थाह थिएन, सिएनएनले प्रचार गरेपछि मात्र पर्यटकहरु खोज्दै आए । अनिमात्र हामीले शुरु ग¥यौं’–होम स्टे व्यावस्थापन समितिका अध्यक्ष अनिल राना मगर भन्छन्–‘यसले हाम्रो जिविकोपार्जनमा धेरै सहयोग पुगेको छ, पर्यटकहरुले घरघरबाटै तरकारी, फुलफुल किनेर लैजानुहुन्छ ।’
भेडेटार बजारदेखि ४ किलोमिटर पुर्वमा अवस्थित छ नाम्जे । सय बढी घरधुरी मध्ये ७ नम्बर वडाका ३२ घरधुरीले पञ्चकन्या कृषक समुह बनाएका थिए । समुहको अगुवाईमा अग्र्यानिक खेती हुन्छ । त्यसमध्ये ०६९ सालमा १९ घरमा होम स्टेको अभ्यास भएको थियो । अहिले वडा ७ मा १० घर र वडा नं ६ मा ७ घरमा नियमित होम स्टे सञ्चालनमा छ । पर्यटकहरु घरमा बस्छन् । जे पाक्छ, त्यही खान्छन् । बसेको र खाएको पैसा तिर्छन् । त्यति मात्र होइन, बारीको हरियो तरकारी र फलफुल किनेर पनि लैजान्छन् । स्थानीयका अनुसार होम स्टे शुरु गरेपछि बर्षमा सरदर एकदेखि डेढ लाख रुपैया चोखो नाफा हुन्छ । ‘साग, सब्जी, फलफुल बेच्न पनि पहिला धरान पुग्नुपथ्र्यो, अचेल पाहुनाहरुले घरघरैबाट किनेर लगिदिनुहुन्छ’–पुर्व गाविस अध्यक्षसमेत रहेका मगरले भने–‘घरमै बसिबसि आम्दानी भएको छ ।’ उनका अनुसार ५० प्रतिशत बढी उत्पादन पर्यटकहरुले नै किनेर लैजान्छन् ।
नाम्जेमा पुर्वेली मगर जातिको बाहुल्यता छ । हुर्रा नाच पुर्वेली मगरहरुको मात्र मौलिक सँस्कृति हो । होम स्टेमा बसेपछि हुर्रा नाच पनि सशुल्क हेर्न पाइन्छ । कृषक समुहको ३२ घरपरिवारले हुर्रा नाचेर पर्यटक, पाहुनालाई मनोरञ्जन दिलाउनछन् । यसवापतको एक हजार ५ सय दक्षिणा दिनुपर्छ । यो समुहले नै राख्ने गरेको छ । पर्यटकले सादा खानाको मात्र सय रुपैया र प्रतिवेडको डेढ सय रुपैया मात्र तिर्नुपर्छ । अढाई सयमा खानासँग लोकल कुखुराको सुप भनेजति पाइन्छ । मौषम अनुसारको फलफुल र भुटेको मकै, भटमास, गुन्द्रुकको अचार यहाँ पर्यटकलाई दिइने खाजा हो । पाहुनाले अर्डर गरेअनुसार सिस्नु, ढेडो पनि बन्छ । दश घरमा ४० जना पाहुना राख्ने क्षमता छ । उनीहरु बाडिचुडी पाहुना घरमा राख्छन् । शनिबार छुट्टि हुने भएकोले प्रायःजसो शुक्रबारको रात यहाँ बस्ने ठाउँ हुदैन । कुलमध्ये ५ प्रतिशत मात्र विदेशी पर्यटक आउछन् । धरान, इटहरीसँगै गर्मी ठाउँ विराटनगरतिरबाट धेरै पाहुना आउने गरेको अध्यक्ष मगरले जानकारी दिए ।
पर्यटक आउन थालेपछि नाम्जेको आर्थिक सुधार मात्र भएको छैन, चेतनास्तरमा पनि बृद्धि भएको छ । पर्यटकहरु आउन थालेपछि गाउँलेहरुले घरआगन सिनिक्क पारेका छन् । बाटो सफा भएको छ, आँगनमा फुलबारीले सजिएको छ । बाथरुम र ट्वाइलेटको प्रबन्ध गरेका छन् । गाउँलेहरुमा पर्यटनमैत्री व्यावहारप्रति सचेत छन् । त्यही भएर यहाँ मन्त्रालयका उच्च अधिकारीहरुदेखि एनजिओ, आइएनजिओका मान्छे, व्यापारी, व्यावसायीहरु सबै आएर बसिसकेका छन् । हरेक किसिमका पाहुना आउदा पनि गाउँलेहरुले नयाँ नयाँ आइडिया र योजनाहरुबारे खुराक पाउछन् । ‘पाहुनाहरुले हरेक किसिकमा आइडिया दिनुहुन्छ, नयाँ ज्ञानहरु पाउछौं’–अध्यक्ष मगरले भने–‘विकास पुर्वाधार, सरसफाई, मेलमिलाप र योजनाहरुबारे धेरै जानकारी पाइराखेका छांैं ।’

Comments
Post a Comment