धरानमा मेरुज शो(फोटोफिचर)


धरान । रात पर्नुअघि नै धरानको आकाश मडारिन थाल्यो । झमक्क साँझ परेपछि त सिमसिम बर्षा शुरु भइहाल्यो । तरपनि, धरान १० स्थित सैनिक भवनको प्रांगणमा शनिबार साँझ मानिसहरुको आउने क्रम रोकिएन ।
धरानेहरु कलासँगै फेशनका पारखीहरु छन् । शुक्रबार साँझ सैनिक भवनमा द मेरुज शो अ ग्राण्ड रनवे ¥याम शो आयोजना भएको थियो । डि.सि.मोडल मेनेजमेन्टले आयोजना गरेको फेशन शोमा युवा डिजाइनर मेरिना राईको डिजाइनमा मोडलहरु ¥याम्पमा उत्रिएका थिए । फेशन डिजाइनर राईले धरान १५, एभरेण्टलाइनमा मेरु कलेक्सन सञ्चालन गरेकी छिन् । उनकै डिजाइनमा दश जना मोडलहरु गाउन, मिक्स र लेहंगामा ¥याम्पमा उत्रिएका थिए ।
शोको अन्त्यमा शोज टपरकोरुपमा नायिका मरिस्का पोखरेलले पनि क्याटवक गरिन् । वलिउड फिल्म यारामा पनि अभिनय गरेकी पोखरेलले नेपाली चलचित्र के म तिम्रो होइन र, चपली हाइट २ का साथै विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । धरानमा आउन पाएकोमा खुशी व्यक्त गर्दै उनले यस्ता कार्यक्रमहरुले साना उद्योगी व्यावसायीलाई प्रोत्साहन हुनका साथै युवाहरुलाई पनि सही बाटोमा हिड्न प्रेरणा मिल्ने बताइन् । ‘युवाहरुलाई राम्रो सन्देश जान्छ, खाली समयको सदुपयोग पनि भइरहेको हुन्छ’–उनले भनिन्–‘फेशन डिजाइनर बन्न चाहनेलाई पनि यस्तो कार्यक्रमले प्रेरणा मिल्छ ।’
शोमा झापाकी मोडल सुजना पौडल र धरानकी सोनाली ताम्राकार, प्रेरणा पराजुली, सोनी विशुंखे, हिना वनेम, रेश्मा लिम्बु, मनिषा खड्का, विद्या चौहान, अस्मिता कार्की र सुचिता कार्की ¥याम्पमा उत्रिएकी थिइन् । उनीहरुलाई अनुप राउतले कोरियोग्राफी गरेका थिए । विगतमा टि आकारको स्टेजमा मात्र फेशन शो हुदै आएकोमा शनिबार भने राउण्ड स्टेजमा मोडलहरुलाई उतारिएको थियो । पच्चिस बर्षीय डिजाइनर मेरिना राईले २ बर्षदेखि मेरु केलक्सन सञ्चालनमा ल्याएकी हुन् । कार्यक्रममा गायक नवराम राईले गीत प्रस्तुत गरेका थिए भने कलाकारहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमम उत्तम क्रिएशनका प्रोपाइटर तथा डिजाइन उत्तम वनेपालीलाई सम्मान पनि गरिएको थियो ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे