पदयात्रामा हिमायतीको चर्चा(फोटोफिचर)
धरान । मोरङको याङसिलास्थित राजारानी डाँडाको शिरमा शनिबार दिउँसो डेढ दर्जन धराने हाइकर्सका पदयात्रीहरु सुस्ताए । डाँडाको शिरमा खुल्ला ठाउँ । वरीपरी भने सालका लाथ्रा । कुनैबेला हिमायती जनसाँस्कृतिक समुहमा रहेका पत्रकार एवं वृत्तचित्र निर्देशक जसकुमार राईले परिचयसहित जीवन भट्टराईलाई गीत गाउन आग्रह गरे । उनले झोलाबाट सानो चिटिक्कको गितार झिके । उनले केहीबेर गम खाएर शुरु गरिहाले,
अन्तिम हुदैन कहिले संसार बनाउने यात्रा
रोकिने छैन पाइला अल्मलिदैंमा मात्र ।
ऋाधि आयो हुरी आयो दुष्ट स्वरुपको
बन्द आँखा पारी हेर्दा आज अध्यारो भो ।
बिहानीको लाली किरण कस्ले छेक्न सक्छ ?
छलछाम क्षणभरको आँखा खोल्नुपर्छ ।
गीतारको धुनसँग उनको गीतले जंगलबीचमा पनि सन्नटा छायो । उकालो चढेर लगेका पदयात्रीहरुमा यो सांगीतिक महोलले स्फुर्ति पनि दिलायो । उनको गीत सकिनासाथ सबैले ताली प्रसंसा गरे । गीत गाइरहदा भट्टराई पनि निक्कै भावुक बने । ०४५ सालमा हिमायतीमा आवद्ध भएका उनी कि बोर्ड र गितार बजाउथे । खासमा संगीतकार हुन् । तर, यो गीत उनी आफैले सृर्जना गरेका हुन्, र संगीत पनि उनैले भरेका हुन् । गीतमा स्वर भने उत्तम भुजेलको छ । ०४६ सालको जनआन्दोलन ताका यो गीतले गाउँ बस्ती खुब पिटेको थियो । हिमायतीको टोलीलाई गाउँ वस्तीबाट निम्तो आउथ्यो । उनीहरु आपैm पनि सांगीतिक कार्यक्रम लिएर गाउँबस्तीमा जागरण ल्याउन पुग्थे ।
शनिबार याङसिलाको डाँडामा यो गीत गाइरहदा उनको आँखामा त्यही विगतको स्मृति ताजा बनेर आयो । ‘हामी जनताको गीत गाउदै हिड्थ्यौं, जागरण अनि परिवर्तनको अभियानमा थियौं’–भावुक हुदै उनले भने–‘पुरानो स्मृति ताजा भएर आयो, सँगै हिडेका साथीभाई यो याद दिलायो ।’ डाँडामा उनको सांगीतिक प्रस्तुती यतिमा सिमित भएन । आफ्नै रचना र संगीत रहेको फिरेन सुदिन, आएन वसन्त छाएन सुवास...बोलको गीत पनि गाए । प्रजातन्त्र पुर्नस्थापना भएपनि जनताको अवस्थामा सुधार नभएपछि जनआक्रोशलाई समेट्दै ०४९ सालमा यो गीत तयार भएको थियो । अहिले लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि यो गीतको सार्थकता भने उस्तै रहेको उनको भनाई छ ।
सांगीतिक महोलमा उनले शशी थापा सुब्बाको शब्द र चर्चित गायक दिप श्रेष्ठको स्वरमा रेडर्क हुनलागेको कहिले ढाट्यौ, कहिले छल्यौं तर केही छैन..बोलको गीत पनि सुनाए । यो गीतमा भट्टराईले नै संगीत भरेका छन् । जुझारु युवा कलाकारहरुआवद्ध हिमायती चालिसको दशकमा जनताको प्रिय थियो । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध, विकृति विसंगतिविरुद्ध गीत संगीतको माध्यमबाट हिमायतीले जागरणका सार्थक गीतहरु गाउथ्यो । सम्झेर किन मान्छेले भाग्य ?, अन्तिम हुदैन कहिलै.., कान थापेर सुनिदेऊ..,खोकु छिन्ताङ दुख्यो कि..जस्ता थुप्रै जनप्रिय गीतहरु हिमायतीले संकलन, सृर्जना ग¥यो । त्यसमा भट्टराईको पनि योगदान रह्यो ।
हिमायती नामकरण हुनुअघि ०३८ सालमा जनवादी कला, सँस्कृतिलाई जनतासम्म पु¥याउने उद्देश्यले शुक्रपथ अध्ययन समुह स्थापना भएको थियो । त्यही समुहलाई ०४२ सालमा हिमायती जनसँस्कृतिक समुहमा परिणत गरिएको भट्टराई बताउछन् । हिमायतीले गीत आफै संकलन वा सृर्जना गथ्र्यो, र संगीत पनि भथ्र्यो । हिमायतीले बाध्यताको सुसेली भाग १ र भाग २ क्यासेट पनि बजारमा ल्याएको थियो । हिमायतीका हरिकुमार राई, डम्बर कुमार राई, हर्क चुम्मे, शिव सुब्बा, कुन्ती योञ्जन, सुरेश श्रेष्ठ, कृष्णभक्त राई, गणेश इजम, चण्डी राई, विष्णा सुब्बा, हुमा वोखिम, अविरमान राई, किसोर श्रेष्ठ, किसोर थुलुङ,हर्षु राईलगायत कलाकारहरु छुटाउनै नहुने नामहरु हुन् । तर, ०५१ सालपछि भने हिमायति निस्क्रिय छ ।
अहिले पुर्नगठन भएर जाग्ने कसरत गरिरहे पनि मेसो मिलिरहेको छैन । तर, हङकङमा भने हङकङ हिमायती नाममा कलाकारहरु संगठित भइसकेका छन् । त्यहाँ हर्षु राईको एकल साँझ आयोजना भइरहेको र गायक रामेश श्रेष्ठको संगीत जीवनीमा आधारित भएर डढेलोको भित्रको सतिसाल वृत्तचि पनि हङकङ हिमायतीले तयार गरिसकेको छ । ‘हङकङ हिमायती र बेलायतको सहयोगमा हिमायतीबारेमा पनि डकुमेन्ट्री बन्दैछ’–झण्डै ४ बर्ष हिमायतीको साँस्कृतिक फाटमा रहेका जसकुमार राईले भने–‘हिमायतीको गीत नसुन्ने, नगाउने कोही थिएन । जागरण र परिर्वतनको वाहक हिमायतीको सबै सार्थक गीतहरु हुन्थ्यो ।’ त्यो बेला हिमायतीले गाउदै हिडेको गीतहरु अहिलेको समयमा पनि सान्दर्भिक र महत्व रहेको उनको ठम्याई छ ।
सातौं हप्तामा सहभागी पदयात्रीहरु पनि गीत,संगीतसँगै हिमायतीबारे सुन्न, बुझ्न पाउदा निक्कै खुशी थिए । ‘म पहिलो पटक हाइकिङ आएको हुँ, सोचे भन्दा राम्रो लाग्यो’–इटहरीका १६ बर्षीय अभिषेक पोख्रेलले भने–‘एड्भेञ्चर भयो, गीतसंगीत सुन्न पायौं र धेरै नै रमाइलो भयो ।’ नमस्ते एफएममा क्रिस जोन कार्यक्रम चलाउने उनी हाइकिङको लागि शनिबार इटहरीबाट धरान आएका थिए ।

Comments
Post a Comment