धरानका उत्कृष्ट युवा गल्फ खेलाडीलाई सम्मान

गोकर्णमा भर्खर सम्पन्न सिरिजमा शुक्रबहादुरले रेडर्क बनाउदै च्याम्पियन बनेका थिए । उनले तीन दिनको खेल समग्रमा एक अण्डरमा सकेर रेडर्क बनाएका थिए । फाल्डो सिरिजमा हालसम्म कसैले पनि अण्डर खेलेर च्याम्पियन बनेको रेडर्क छैन । उनले पहिलो दिन १ ओभर खेलेका थिए भने दोस्रो दिन उत्कृष्ट ५ अण्डर खेलेका थिए । तेस्रो दिन इभन पार खेले । ‘गोकर्णमा यो समयमा अण्डर खेल्नु धेरै नै स्तरीय प्रर्दशन हो, अहिलेसम्म फाल्डो सिरिजमा कसैले पनि अण्डर खेलेर जिकेका थिएनन्’–महासचिव घलेले भने । पाँचौं सिरिजमा नेपाल र विभिन्न देशका गरी कुल ३५ खेलाडी सहभागी थिए ।
...................................................................
खेलाडीलाई मासिक ५ हजार

राष्ट्रिय टिममा रहिञ्जेल तीन खेलाडीले यो मासिक भत्ता पाउने एशोसिएशनका महासचिव टासी घलेले जानकारी दिए । धरानका शुक्र भर्खरै गोकर्ण रिसोर्टमा सम्पन्न पाँचौ फाल्डो सिरिजका विजेता हुन् । उनी र टंक आगामी अक्टुवर २ मा एसिएन एमेच्योर खेल्न कोरिया जानेछन् भने त्यसपछि भुटान एमेच्योरमा सहभागी हुनेछन् । त्यसपछि, शुक्रले भियतनाममा हुने फाल्डो सिरिजको फाइनल पनि खेल्नेछन् भने सन् २०१८ को एसियन गेममा उनीहरुबाट पदकको आशा गरिएको महासचिव घलेले बताए । ‘शुक्र, टंक र शिवराजको खेल धेरै उत्कृष्ट छ, २०१८ को एसियन गेममा पदक जित्ने तार्गेट हो’–घलेले भने–‘तीनै जनाको खेल हेर्दा त्यतिबेला पदक जित्न सक्छौं भन्ने विश्वास छ ।’ घलेसँगै धरान आएका विदेशी कोच किम वल्डविनले दर्जन बढी युवा खेलाडीहरुलाई तीनदिनसम्म प्रशिक्षण दिएका छन् । किमले सिंगापुर र मलेसियाको राष्ट्रिय टिम सम्हालिसकेका छन् भने हाल सिंगापुर स्पोटस काउन्सिलका उनी निर्देशक पनि छन् ।
..............
धरानमा गल्फ एकेडेमीको अवधारणा

एशोसिएशनले यो गल्फ कोर्ष सञ्चालन एवं व्यवस्थापनको जिम्मा मात्र पनि आफुलाई, जिल्ला गल्फ संघ वा धरान गल्फ क्लबलाई दिएमा एकेडेमी स्थापना गर्न सकिने जनाएको छ । एकेडेमीको लागि गल्फको सर्वोच्च निकाय आर एन ए( रोयल एन एन्सिन्ट) नेपालमा अनुदान दिन तयार रहेको एशोसिएशनका महासचिव टासी घलेले बताए । ‘हामी युथ प्रोग्राम गरिरहेका छांै, यो गल्फ कोर्ष सञ्चालन, व्यावस्थापनको जिम्मा एजिएको मातहतमा मात्र आयो भने पनि यहाँ अन्र्तराष्ट्रियस्तरको एकेडेमी खोल्छौं’–धरानमा पत्रकारहरुसँग घलेले भने–‘ठाउँ खोज भनेर गल्फको सर्वोच्च निकाय आर एन एले बारम्बर भनिरहेको छ, यहाँ पुर्वाधार छ । मात्र सञ्चालन, व्यावस्थापन गर्न पाउनुपर्छ । अनुदान आउछ ।’ यसको लागि स्थानीयस्तरबाट खेलाडी, खेल सम्बद्ध संस्था र धरानबासीहरुले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

निर्वाणाले गल्फ कोर्षसँगै होटल र गेष्ट हाउस लिजमा लिएको छ । जसले गर्दा गल्फ कोर्ष निर्वाणाको प्राथमिकतामा पर्दैन । सचिव राई यो कोर्ष सरकार मातहतको निकाय वा खेलकुदको मातहतमा हुनुपर्ने धारणा राख्छन् । ‘सरकार वा खेल संस्थाको जिम्मामा हुदा मात्र लगानी आउन सहज हुने रहेछ, निजीले चलाइरहदा अनेक आशंका हुने र झमेला हुने रहेछ’–उनी भन्छन्–‘एशोसिएशनले भनेजस्तै एकेडेमी खोल्न सक्यौं भने यो नेपालकै लागि ठुलो उपलब्धी हुनेछ ।’
नेपालमा अहिलेसम्म गल्फ एकेडेमी छैन । दक्षिण एसियामा पनि भारतको चण्डीगढमा मात्र एउटा एकेडेमी रहेको एशोसिएशनका महासचिव घलेले जानकारी दिए । उनका अनुसार धरानको कोर्ष कुनै सरकारी निकाय वा खेलसम्बद्ध संस्थाको मातहतमा आएमा भएकै कोर्षलाई मोडिफाई गरेर विश्वस्तरको बनाइनेछ । यहाँको ड्राइभिङ रेञ्ज, पटिङ ग्रिनलगायत पनि स्तरीय बन्नेछ । एकेडेमी खुलेपछि यहाँ पुर्वीउत्तर भारत, भुटनबाट पनि खेलाडीहरु सिक्न, खेल्न आउनेछन् र, यसले खेल पर्यटनलाई पनि योगदान पुग्ने घलेको भनाई छ ।
Comments
Post a Comment