फागुनमा पाँचौ नेवा च्यारिटी ८ के रन

धरान । पाँचौ नेवा च्यारेटी ८ के रन आगामी फागुन दोस्रो साता आयोजना हुने भएको छ । आयोजक धरान रन समुहले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन १४ गते दौड हुन जानकारी गराएको हो । पाँचौ सँस्करणलाई विगतको भन्दा फरक बनाउन पाँच महिना अघिदेखि नै तयारीमा जुटेको पनि समुहले जनाएको छ ।
नेवा च्यारेटी रन सहभागीको हिसाबले नेपालकै ठुलो मध्येको एक दौड प्रतियोगिताको हो । गत बर्षको चौथो सँस्करणमा १ हजार ७ सय १४ जना दौडमा सहभागी भएका थिए । पाँचौ सँस्करणमा सहभागी संख्या २ हजार पु¥याउने लक्ष्य राखिएको कार्यवाहक अध्यक्ष रमु राईले बताए । ‘हामी यो दौडलाई नेपालको सबैभन्दा ठुलो प्रतियोगिता बनाउन चाहन्छांै, त्यसको लागि पाँच महिनाअघिदेखि नै तयारी शुरु गरेका हौं’–उनले भने । प्रतियोगिताको  फारम भने आगामी मंसिर १ गतेदेखि मात्र खुल्ला गरिने आयोजकले जनाएको छ । फारम वितरणमा विभिन्न १० वटा सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरिने र त्यसवापत संकलन भएको ५० प्रतिशत रकम तिनै संस्थाहरुलाई दिइने पनि कार्यावाहक अध्यक्ष राईले बताए । ‘प्रतियोगिताको सम्पुर्ण खर्च कटाएर बचेको रकम भने कसलाई च्यारिटी गर्ने भनेर निर्णय भइसकेको छैन’–उनले भने ।
आयोजकले हरेक सँस्करणमा कुनै एक सामाजिक संस्था वा असहाय व्यक्तिलाई सहयोग गर्दै आइरहेको छ । चौथो सँस्करणबाट संकलित रकममध्येबाट ४ बर्षीय क्यान्सर पीडित नविन विकेको उपचारमा १ लाख सहयोग भएको थियो भने वृद्ध मिठु कटवालको औषधीमा ४० हजार, एकल महिला समुहको छहारी भवनलाई २० हजार, संक्रमित बालबालिकाको शिक्षामा २१ ह्जार, मृगौला पीडित विरामी प्रमिला बिकको उपचारमा १५ हजार र सडक पेटीमा व्यापार गर्ने अपांग टेकबहादुर तामाङलाई ह्याण्ड मेशिनको लागि ४ हजार प्रदान गरेको समुहले जनाएको छ ।
यो पटक सहभागीता व्यापक बनाउन तालिका बनाएर प्रचारात्मक विभिन्न कार्यक्रमहरु आयोजना गरिने प्रचार संयोजक विकास राईले जानकारी दिए । उनका अनुसार सकरात्मक सोचका सेतो पुतली अभियन्ता मिलन राईलाई निमन्त्रणा गरेर प्रचार गरिनेछ भने झापाको डेही आर्टलाई चोकका पर्खालहरुमा पेन्टिङ पनि गरिनेछ । यस्तै, लाइभ आर्ट, च्यारिटी फुटसल, सेपाक टेक्रो खेल र हाइकिङ पनि आयोजना गरिने राईले जानकारी दिए । प्रतियोगिताको मुख्य स्पर्धामा महिला र पुरुषतर्फको विजेताले गत बर्षभन्दा ५ हजार बढी पुरस्कार रकम पाउनेछन् । दुवैतर्फको प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ४०, ३० र १५ हजार पुरस्कार पाउनेछन् । राम्रो प्रायोजक भेटिएमा पुुरस्कार राशी पनि बढ्ने अध्यक्ष सन्तोष तामाङले जानकारी दिए । यसबाहेक दौडमा भेट्रान महिला र पुरुष, यु १२ र यु १६ उमेर समुहतर्फका महिला र पुरुष विजेताहरुले पनि क्रमशः नगद ५, ३ र २ हजार पाउनेछन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे