एडिबिको ठेकेदारलाई नसिहतसहित सचेत पत्र

धरान । खानेपानी आयोजना निर्माणको क्रममा लापरवाही गर्ने ठेकेदार कम्पनी तियञ्जिन तुदी जेभीलाई धरान उपमहानगरपालिका एवं आयोजना कार्यान्वयन इकाईले भविष्यमा घटना नदोहो¥याउन नसिहतसहित सचेत गराएको छ । पाइपलाइन विस्तार गर्नुअघि स्थानीय उपभोक्तासँग छलफल गरेर लिखितरुपमा स्वीकृति लिनुपर्ने भएपनि ठेकेदारले धरान १८ बुद्धचोक र दुर्गाचोकबीचको सडक छलफल नगरी भत्काएको थियो ।

एक्कासी पक्की सडक भत्काएपछि स्थानीयले उपमहानगरपालिकामा मौखिक उजुरी गरेका थिए । उजुरी आएलगत्तै परामर्शदातामार्फत उपमहागनरपालिकाले निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । सोही बिषयमा सोमबार बैठक बसेर ठेकेदारलाई सचेत पत्र थमाएको आयोजना व्यावस्थापक राजु पोख्रेलले जानकारी दिए । उनका अनुसार बैठकमा उप्रान्त उपभोक्तासँग छलफल नगरी काम अघि बढाएमा तत्काल काम रोकिदिने निर्णयसमेत भएको छ । ‘उपभोक्ताहरुसँग सल्लाह नगरी वा नसोधी सडक खन्ने काम भयो भने तत्काल काम रोक्ने निर्णय भएको छ’–पोख्रेलले भने–‘यो नसिहतसहित सचेत पत्र दिएका छौं ।’
सोही बैठकले उपभोक्ताहरुसँगको छलफलमा वडा नागरिक मञ्चको संयोजकसमेतलाई सहभागी गराउन ठेकेदारलाई निर्देशन दिएको छ । सो छलफलमा के काम गरिन लागेको हो भनेर स्थानीयलाई विस्तृत जानकारी गराउने र लिखित माइन्युट गरेर स्वीकृति पाएपछि मात्र काम अघि बढाउन पनि ठेकेदारलाई बैठकले निर्देशन गरेको छ । सोही बैठकले ठेकेदार कम्पनी र परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी(बिडिए)ले पनि जनसम्पर्क अधिकारी तोकेको आयोजना व्यावस्थापक पोख्रेलले जानकारी दिए ।
बिडिएका निर्देशक अनिल नेपालले स्वीकृति नलिई सडक खनेको पहिलो घटना भएकोले ठेकेदारलाई पुनः नदोहोरिने गरी सचेत गराएको बताए । फेरी पनि स्थानीयबासीलाई थाहै नदिई काम गरेमा ठेकेदार कम्पनीलाई आयोजनाको कामै गर्न नदिने उनले बताए । ‘यो पहिलो केस हो, फेरी नदोहोरिने गरी सचेत गराएका छौं’–उनले भने–‘उपभोक्तासँग स्वीकृति लिएर माइन्युट गरेपछि मात्र काम गर्नुपर्छ ।’ धरानमा एक अर्ब ४८ करोड लागतमा एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास अयोजनाअन्र्तगत खानेपानी परियोजना निर्माण चरणमा छ । हाल पाइपलाइन विस्तारको काम अघि बढीरहदा कतिपय सडक भर्खर मात्र उपभोक्ताको पनि लगानीमा पक्की भएकोले भत्काउनु पर्दा विवाद अथवा मझेला नहोस् भनेर पुर्वस्वीकृति लिनुपर्ने समझदारी थियो । तर, बुद्धचोक क्षेत्रमा उपभोक्ताहरुसँग छलफलै नगरी ठेकेदारले सडक भत्काएको थियो ।
आयोजनाको डिजाइन तथा अनुगमनको लागि परामर्शदाताकोरुपमा बिडिएले नियुक्ती भएको छ । ती सबैको कामको अनुगमन गर्न धरानका राजनैतिक दलका प्रतिनिधिहरुको छुट्टै अनुगमन समिति पनि छ । तर, यो समितिले प्रभावकारी अनुगमन गर्न नसकेको जनगुनासो बढ्दो छ । खानेपानीको नाममा एडिबिको ठुलो ऋणको भारी धराने जनतालाई बोकाएको भन्दै आयोजनाले शुरुवातदेखि नै विरोधको सामना गर्नुपरिरहेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे