सेपाक टेक्रोको मैत्रीपुर्ण च्यारिटी खेल

धरान । भर्खरै मात्र भित्रिएको खेल सेपाक टेक्रोलाई प्रर्वद्धन गर्न शुक्रबार मैत्रीपुर्ण एवं प्रर्दशनी सेपाक टेक्रो च्यारिटी खेल सम्पन्न भएको छ । धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको मैदानमा भएको च्यारिटी खेलमा कुल पाँच टिमले सहभागीता जनाएको थियो । जसको फाइनलमा पुर्व सिंगापुर गोर्खा टिमले वहाल सिंगापुर गोर्खा टिमलाई २५–१७ अंकको अन्तरले हराएको थियो ।
यो च्यारिटी खेलमा सेपाक टेक्रो संघ, सुनसरीले आयोजना गरेको हो । मैत्रिपुर्ण च्यारीटि खेलमा पुर्वसिंगापुर गोर्खाज, वहाल वाला सिंगापुर गोर्खा, धरान पत्रकार, धरान रन र धरान फुटवल फ्यान क्लब सहभागी थियो ।
कार्यक्रममा च्यारिटी खेलबाट संकलन भएको १० हजार रुपैया एचआइभी संक्रमित बालवालिकाको शिक्षाको लागि स्थापना गरिएको अक्षय कोषमा सहयोग गरिएको थियो । सो रकम बराबरको चेक धरान पोजिटिभ समुहका अध्यक्ष खगेन्द्र खड्कालाई हस्तान्तरण गरिएको सेपाक टेक्रोका अध्यक्ष विरेन्द्रविक्रम लिम्बुले जानकारी दिए । वहालवाला सिंगापुर गोर्खाज टिमले पनि सोही कार्यक्रममा तत्काल नगद संकलन गरेर अक्षय कोषको लागि १० हजार प्रदान गरेको थियो भने विजेता टिमले पुरस्कार स्वरुप पाएको २ हजार ५ सय पनि अक्षय कोषको लागि सोही संस्थालाई नै प्रदान गरेको थियो ।
केही समयअघि काठमाण्डौंमा सेपाक टेक्रो खेल भित्रिएको थियो भने सुनसरीमा भर्खर मात्र शुरुवात भएको हो । यो खेलबारेमा धेरै अनभिज्ञ रहेको कारण प्रर्वद्धन गर्नको लागि मैत्रिपुर्ण तथा प्रदशनी च्यारिटी खेलको आयोजना गरिएको संघका अध्यक्ष लिम्वुले बताए । उनका अनुसार सातौं राष्ट्रिय खेलकुदमा पनि यो खेललाई समावेश गराइएकोले टिम तयारीमा संघ जुट्नेछ । ‘अब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारीमा पनि जुट्छौ’–उनले भने । डिपो आर्दश वहुमुखि क्याम्पसका व्यावस्थापन समिति अध्यक्ष पुर्वगोर्खा मेजर श्रवणकुमार लिम्वु प्रमुख अतिथि, उपाध्यक्ष नन्दवहादुर राई, प्राचार्य राजकुमार राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई, पूर्वाञ्चल डल्फिन एकेडेमिका सहप्राचार्य विशाल राईलगायतको उपस्थिति थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे