सविना, विनिता र सञ्जु बनिन् डल्फिन स्टार(फोटोफिचर)
धरान । डल्फिन स्टार २०७३ अन्र्तगतको मिस डल्फिन(ब्युटि पेजेन्टतर्फ), सिंगिङ आइडल र डान्सिङ आइडलको तीनै विधा छात्राले कब्जा जमाएका छन् । धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा शुक्रबार सम्पन्न ग्राण्ड फाइनलमा तीन वटै विधामा छात्राहरु प्रथम हुदै डल्फिन स्टार घोषित भएका हुन् ।
डल्फिन स्टारअन्र्तगत मिस डल्फिनको उपाधि सविना गुरुङले जितिन् भने नृत्य विधाको डान्सिङ आइडलमा विनिता राई र गायनतर्फको सिंगिङ आइडलमा सञ्जु राई प्रथम भइन् । तीनै जना विजेताहरुले जनही नगद ११ हजार १ सय ११ हात पारे । मिस डल्फिन घोषित सविनाले भने नगदसँगै ताज पनि पहिरिन पाइन् । सोही विधामा सरिता श्रेष्ठ फष्ट रनरअप भइन् भने रेश्मा मोक्तान सेकेण्ड रनरअप भइन् । दुवैले ताजसँगै उपहार पाए । यही विधातर्फ सेकेण्ड रनरअप रेश्माले मिस ट्यालेण्ट पनि घोषित भइन् । यसैगरि, मिस डिसिप्लीन सविना गुरुङ, मिस फ्रेण्डसिप क्रिष्टिना राई, मिस स्माइल सुस्मा तामाङ, मिस क्याटवक सुनिा शर्मा, मिस पञ्चुअलिटी मनकुमारी तामाङ, मिस चार्मिङ मनिता निङलेखु, मिस फिगर सरिता श्रेष्ठ र मिस फोटोजेनिक रश्मी मगर घोषित भइन् ।
यसैगरि, नृत्य विधामा छाया तामाङ दोस्रो, सवनम राई तेस्रो, दिनेश राई चौथो र सुस्मिता राई पाँचौ स्थान भएका थिए । गायन विधातर्फ भने सुरेश राई दोस्रो, शिव लिम्बु तेस्रो, अनु राई चौथो, अञ्जना लिम्बु पाँचौ र रमेश जिमी छैटौं स्थान भएका थिए । विजेताहरुलाई डल्फिन पुर्वाञ्चल एकेडेमीका निर्देशक एवं प्रिन्सिपल सन्तोष राई, प्रमुख अतिथि एवं भाषाविद् डा.टंक न्यौपाने, कोरियोग्राफर मेरिना तुम्सा लिम्बु, मिस डल्फिनका मुख्य निर्णायक दोर्पध्वज राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
एकेडेमीले विद्यार्थीहरुलाई कोर्षको ज्ञानसँगै बाहिरी ज्ञान दिलाउन र उनीहरुमा अन्र्तनिहित क्षमता उजागर गर्ने उद्देश्यले गायन, नृत्य र ब्युटि पेजेन्टअन्र्तगत तीन विधामा डल्फिन स्टार आयोजना गरेको जनाएको छ । धरान ३ स्थित डल्फिन पुर्वाञ्चल एकेडेमी र सगरमाथा कलेजद्धारा आयोजित डल्फिन स्टारअन्र्तगतको गायनमा ७, नृत्यमा ५ र मोडलिङका ११ जना प्रतिस्पर्धीहरु फाइनलमा उत्रिएका थिए । मिस डल्फिनतर्फ दोर्पध्वज राई, डिजे ललित, जनकऋर्षि राई, सरुपा थापा मगर र रिया बजाज निर्णायक थिए । नृत्य विधामा नगेन्द्र राई र हेमराज गजमेर निर्णायक थिए भने गायनतर्फ रामकर राई र सुरज मेवाहाङ राई निर्णायक थिए ।
डल्फिन स्टारअन्र्तगत मिस डल्फिनको उपाधि सविना गुरुङले जितिन् भने नृत्य विधाको डान्सिङ आइडलमा विनिता राई र गायनतर्फको सिंगिङ आइडलमा सञ्जु राई प्रथम भइन् । तीनै जना विजेताहरुले जनही नगद ११ हजार १ सय ११ हात पारे । मिस डल्फिन घोषित सविनाले भने नगदसँगै ताज पनि पहिरिन पाइन् । सोही विधामा सरिता श्रेष्ठ फष्ट रनरअप भइन् भने रेश्मा मोक्तान सेकेण्ड रनरअप भइन् । दुवैले ताजसँगै उपहार पाए । यही विधातर्फ सेकेण्ड रनरअप रेश्माले मिस ट्यालेण्ट पनि घोषित भइन् । यसैगरि, मिस डिसिप्लीन सविना गुरुङ, मिस फ्रेण्डसिप क्रिष्टिना राई, मिस स्माइल सुस्मा तामाङ, मिस क्याटवक सुनिा शर्मा, मिस पञ्चुअलिटी मनकुमारी तामाङ, मिस चार्मिङ मनिता निङलेखु, मिस फिगर सरिता श्रेष्ठ र मिस फोटोजेनिक रश्मी मगर घोषित भइन् ।
यसैगरि, नृत्य विधामा छाया तामाङ दोस्रो, सवनम राई तेस्रो, दिनेश राई चौथो र सुस्मिता राई पाँचौ स्थान भएका थिए । गायन विधातर्फ भने सुरेश राई दोस्रो, शिव लिम्बु तेस्रो, अनु राई चौथो, अञ्जना लिम्बु पाँचौ र रमेश जिमी छैटौं स्थान भएका थिए । विजेताहरुलाई डल्फिन पुर्वाञ्चल एकेडेमीका निर्देशक एवं प्रिन्सिपल सन्तोष राई, प्रमुख अतिथि एवं भाषाविद् डा.टंक न्यौपाने, कोरियोग्राफर मेरिना तुम्सा लिम्बु, मिस डल्फिनका मुख्य निर्णायक दोर्पध्वज राईलगायतले पुरस्कार वितरण गरेका थिए ।एकेडेमीले विद्यार्थीहरुलाई कोर्षको ज्ञानसँगै बाहिरी ज्ञान दिलाउन र उनीहरुमा अन्र्तनिहित क्षमता उजागर गर्ने उद्देश्यले गायन, नृत्य र ब्युटि पेजेन्टअन्र्तगत तीन विधामा डल्फिन स्टार आयोजना गरेको जनाएको छ । धरान ३ स्थित डल्फिन पुर्वाञ्चल एकेडेमी र सगरमाथा कलेजद्धारा आयोजित डल्फिन स्टारअन्र्तगतको गायनमा ७, नृत्यमा ५ र मोडलिङका ११ जना प्रतिस्पर्धीहरु फाइनलमा उत्रिएका थिए । मिस डल्फिनतर्फ दोर्पध्वज राई, डिजे ललित, जनकऋर्षि राई, सरुपा थापा मगर र रिया बजाज निर्णायक थिए । नृत्य विधामा नगेन्द्र राई र हेमराज गजमेर निर्णायक थिए भने गायनतर्फ रामकर राई र सुरज मेवाहाङ राई निर्णायक थिए ।























Comments
Post a Comment