दशकपछि जाग्दै साहारा

धरान । धराने रंगमञ्च पुर्नजागरण गराउने अभियानमा थिएटर साहारा पनि दशकपछि जुर्मुराएको छ । एक दशकसम्म चुपचाप बसेको साहारा नाट्य जमातका रंगकर्मीहरु पुर्नगठित हुदै सक्रिय भएका हुन् ।
उनीहरुले संस्थालाई थिएटर साहाराको नाममा पुर्नगठन गरेका छन् भने आगामी असोज १५ गते पुच्छर मान्छे नामको नाटक मञ्चन गर्ने घोषणा गरेको छ । ‘एक दशकजति मौन बस्यौं, अहिले पुर्नगठन भई थिएटर साहारामा रुपान्तरित भएर रंगमञ्चमा उपस्थिति जनाउन लागेका छौं’–पुर्वअध्यक्ष एवं हालका संरक्षक नविन मेन्याङ्बोले भने–‘असोज १५ मा पुच्छर मान्छे नामको नाटक मञ्चन गर्ने तयारीमा छौं ।’
पुच्छर मान्छेका निर्देशकसमेत रहेका मेन्याङ्बोले यो नाटक सामाजिक प्रयोगवादी तर ब्याङ्गात्मक भएको खुलाए । उनका अनुसार पुच्छर एउटा बिम्ब हो । ‘सामान्यतया मान्छेको पुच्छर हुदैन, पशुको मात्र हुन्छ’–उनले भने–‘पशुत्व विचार हो, यो बढेपछि देशको हालत खराब हुन्छ ।’ धरान ८ स्थित सभागृहमा मञ्चन हुने भनिएको नाटकको निर्देशक मेन्याङ्बो र रविन श्रेष्ठ हुन् भने लेखक कृष्ण शाहयात्री हुन् । नाटकमा दिवेश राई, विशाल भण्डारी, प्रक्षिका निरौला, दिनेश पोखरेल(अखण्ड), भिम पाण्डे, सुवर्ण पलिखे, दिपेन्द्र सिं दर्नाल, समीर वराइलीलगायत १७ जना कलाकारहरु अभिनय गर्नेछन् ।
रंगकर्मको विकास र व्यावसायिकता ल्याउनको लागि पनि थिएटर साहारा पुर्नगठन भएको कलाकारहरुको भनाई छ । ‘स्तरीय नाटकहरु कसरी गर्ने भनेर रंग संवाद गछौं, स्तरीय कार्यशाला महोत्सवहरु गछौं र थिएटर हल बनाउन पहल गछांै’–संरक्षक मेन्याङ्बोले भने । पुर्नगठित थिएटर साहाराको अध्यक्षमा दिवेश राई, उपाध्यक्षमा रविन श्रेष्ठ र सौगात रिजाल छन् भने महासचिवमा दुर्गादास कुलुङ र कोषाध्यक्षमा राजिव दाहाल छन् । सदस्यहरुमा एकराज सुब्बा, भीम पाण्डे, समीर बराइली, तीर्थ कार्की र हेमराज भुजेल छन् ।
थिएटर साहाराको विजारोपण भने २०५१ सालमा साहारा नाट्य जमात गठन भएर २२ बर्षअघि भएको थियो । त्यतिबेला हालका संरक्षक मेन्याङ्बो अध्यक्ष थिए । साहाराले पश्चाताप, त्यो भयानक रात, झुण्डिएको सेतो परेवा, निर्दोष उनी, हैकमवाद, रहस्यमय हत्यालगायत नाटकहरु नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र विभिन्न स्थानमा मञ्चन गरेको थियो भने पतित पतित पतित, संविधान सभा र नयाँ नेपाल, आउ अब हातेमालोलगायत सडक नाटकहरु प्रर्दशन गरेको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे