स्कुल–स्कुल डान्सको फाइनलमा २० प्रतियोगी(फोटोफिचर)

धरान । ‘प्रतिभाको विकास स्कुल स्कुलबाट’ भन्ने नारासहित शुरु भएको अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता स्कुल स्कुल –२०७३ सिजन २ को फाइनलको लागि २० प्रतियोगी छनौट भएका छन् । धरान १० स्थित सैनिक भवनको प्राङ्गणमा आयोजित प्रतियोगिताको सेमीफाइनल अडिशनबाट सोमबार फाइनलको लागि २० प्रतियोेगी छानिएका हुन् ।
सेमीफाइनलमा विभिन्न स्कुलका ५० प्रतियोगी विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । ती मध्येबाट उत्कृष्ट २० जनालाई निर्णायक नगेन्द्र राई र हेमराज गजमेरले फाइनलका लागि छानेका हुन् । अब मंसिर तेस्रो साता फाइनल स्पर्धा हुने आयोजक युनाइटेड मल्टि आर्टस डान्स सेन्टरले जनाएको छ । सेमीफाइनल अडिशनमा सहभागीहरु मध्ये मिङसु लिम्बु उत्कृष्ट डान्सर घोषित भएकी थिइन् ।
फाइनलको लागि मिङ्सु लिम्बु, सेलिना राई, छुनु लिम्बु, करिस्ता राई, लोजी लिम्बु, युजिना मगर, मेरी लिम्बु, सन्ध्या लिम्बु, डिडिना बस्नेत, पासाङ तामाङ, भारती शाह छनौट भएका छन् । यसगरि, विमस पौडेल, सन्तोष तामाङ, क्रिसा श्रेष्ठ, अनिशा राई, रिया राई, आस्मा राई, सिमरन गजमेर र सावन लिम्बु पनि फाइनलमा छानिएका छन् ।
आयोजकले गत जेठ १९ गतेदेखि असार ६ गतेसम्म जिल्लाका विभिन्न स्कुलमा अडिशनबाट प्रतियोगी छात्राहरु छनौट गरेका थिए । पहिलो चरणमा कुल ४३ वटा स्कुलबाट १ सय २६ जना प्रतियोगीहरु छानेका थिए । तिनै प्रतियोगीहरु विभिन्न चरण हुदै फाइनलमा २० जना पुगेका हुन् । फाइनलमा प्रतियोगीहरुले आफ्नै छनौटका साँस्कृतिक गीतमा नृत्य गर्नेछन् भने निर्णायकले छनौट गरेको गीतमा पनि नृत्य गर्नुपर्ने सेन्टर व्यावस्थापक सन्तोष तामाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २० हजार, नटराज ट्रफी पाउनेछन् भने कम्तीमा ७ तोलाको चादीको क्राउन पनि विजेताले पाउनेछ । तर, यो क्राउन विजेताले अर्गाो बर्षका विजेतालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । दोस्रो हुनेले नगद १० हजार, नटराज ट्रफी पाउनेछन् भने तेस्रो हुनेले नगद ५ हजार र नटराज ट्रफी पाउनेछन् । अन्य प्रतिस्पर्धीहरुलाई पनि नटराज ट्रफी र प्रमाणपत्र दिइने आयोजकको भनाई छ । फाइनलमा सँस्कृतिक पहिरनमा फेशन शो पनि हुने आयोजकले जनाएको छ । गत बर्षकी विजेता सरिना केही हुन् । गायन नृत्यजस्ता गतिविधिले पनि विद्यार्थीको बौद्धिक विकास मद्दत पुग्ने भएकोले नृत्य प्रतियोगिता आयोजना गरिएको संयोजक मिलन भुजेलको भनाई छ ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे