दलाल पत्रकार कट्टेललाई कारबाहीको माग

धरान । महिला सुरक्षा गार्डमाथि भएको यौन दुव्र्यवहारको घटनालाई मिलापत्र गराउन मुख्य भुमिका खेल्ने पत्रकार चन्द्रमणी कट्टेललाई कारबाही माग गरिएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सुनसरीले एक विज्ञप्ती जारी गर्दै पत्रकार कट्टेललाई छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
अध्यक्ष श्रीशीशा राई र सचिव तीर्थ कार्कीद्धारा जारी विज्ञप्तीमा कट्टेलको कारण सुनसरी जिल्लाको पत्रकारितालाई कलंकित हुनबाट जोगाउन पनि पत्रकार महासंघ र पत्रकारितामा सम्बद्ध सम्पुर्ण संघसंगठनहरुसँग मागसमेत गरेको छ । कट्टेलले आफु र आफु सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रका नेताहरु बसेर मिलापत्र ड्राफ्ट तयार गरेको प्रतिक्रिया दिएपछि प्रेस सेन्टरले कट्टेल आफ्नो संगठन सम्बद्ध र साधारण सदस्यसमेत नभएको प्रष्ट्याउदै उनको अभिव्यक्ति भ्रमको खेती भएको जनाएको छ । ‘निज कट्टेलले कोही कसैसामु हाम्रो सगठनका जिम्मेवार पदाधिकारी वा हामी निकट पार्टीको जिम्मेवार नेताको हवला दिदै वा व्यक्तिगतरुपमा आफुलाई प्रेस सेन्टर नेपाल सम्बद्ध वा सदस्य भएको दाबी गर्ने गरेको भए उक्त बिषय सरासर भ्रमको खेती भएको र नीजले छर्ने भ्रममा नपर्न सम्पुर्णलाई सचेत गराउन चाहन्छौं’–विज्ञप्तीमा भनिएको छ–‘प्रेस सेन्टर नेपाल सदैव स्वच्छ, स्वस्थ, मर्यादित र जिम्मेवार पत्रकारिताको पक्षमा पुर्ण प्रतिवद्ध रहेको जानकारी गराउदै दलाली गर्ने प्रवृत्तिलाई निरन्तरता दिदै आएका कट्टेलको बिषयमा सत्यतथ्य छानबिन गरेर हदैसम्मको कारबाही गराउन र पत्रकारितालाई कलंकित हुनबाट जोगाउन माग गदैछौं ।’
लामो समय बैदेशिक रोजगारीमा गएर भर्खर फिरेका कट्टेल धरानबाट प्रकाशि ब्लाष्ट टाइम्समा आवद्ध छन् । उनी आफुलाई माओवादी केन्द्र निटक पत्रकार भनेर चिनाउने गर्थे । यही असोज १ गते शनिबार बिहान अढाई बजे मादक पदार्थ सेवन गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको महिला सुरक्षा गार्डमाथि कलाकार सन्तोष पन्तले यौन दुव्यवहार गरेको आरोप लागेको थियो । साथै, केटिएम प्रमुख रामेश्वर साहले अनावश्यक प्रश्नहरु गरेको पनि आरोप लागेको थियो । पीडितले जाहेरी दिएपनि प्रहरीले दर्ता नगरेपछि महिला सञ्जालले दबाबमुलक अभियान थालेको थियो । तर, उक्त घटनालाई चार दिनपछि बुधबार सुनसरीका प्रजिअ मोहन चापागाई र एसपी पोषराज पोख्रेलसमेतको उपस्थितिमा पीडित र पीडकबीच सहमति गराइएको थियो । उक्त मिलापत्रमा साक्षी बसेको महिला सञ्जाल धरानलाई मिलापत्र जर्बजस्ती गराएको आरोप लागेपछि पत्रकार सम्मेलन गर्दै सञ्जालले अघिल्लो दिनमा नै पत्रकार कट्टेलले मिलापत्रको ड्राफ्ट बोकेर दौडधुप गरेको सार्वजनिक गरिदिएको थियो ।
पत्रकार कट्टेलले पनि आरोपित केटिएमका प्रमुख साहसँग गोप्य बैठक बसेर मिलापत्रको ड्राफ्ट तयार गरेको स्वीकार गरेका थिए । तर, त्यहाँ आफु एक्लै नभई आफु सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रका नेतासमेतको उपस्थितिमा ड्राफ्ट तयार भएको प्रतिक्रिया दिएपछि यो प्रकरणमा माओवादी केन्द्र पनि मुछिएको छ । तर, उक्त मिलापत्रको ड्राफ्ट तयार गर्न माओवादी केन्द्रका को को नेता थिए भनेर उनले खुलाएका छैनन् । तर, माओवादी केन्द्रका नेता र पत्रकार कट्टेलले केटिएमका प्रमुख साहसँग आर्थिक लाभ लिएर मिलापत्र गराएको भन्दै धरानमा सर्वत्र चर्चा छ । पीडितको आफन्त एवं महिला गार्ड पवित्रा राई पनि सहीद पत्नी एवं माओवादी केन्द्रमा आवद्ध भएको कारण कट्टेल र नेताहरु बसेर घटना सामसुम बनाउन मिलापत्र ड्राफ्ट तयार पारिएको थियो । स्रोतका अनुसार मिलपत्र गराउन माओवादी केन्द्रका नेता अइन्द्र बेघा र चोत्लुङको पनि मुख्य भुमिका छ । सिडिओ र एसपीको उपस्थितिमा भएको बैठकले भने त्यो ४ बुँदे मिलापत्रको ड्राफ्टलाई अस्वीकार गर्दै नयाँ १० बुँदे ड्राफट तयार गरिएको थियो ।
.....................

                       मानवअधिकार आयोगको चासो


महिला गार्डमाथि भएको यौन दुव्र्यवहार घटना मिलापत्रमा सामसुम बनाएको सार्वजनिक भएपछि राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ । आयोगको क्षेत्रीय कार्यालय विराटनगरले घटनाबारे चासो व्यक्त गर्दै सुनसरीका प्रजिअ र एपीलाई मिलापत्रको बिषयमा चासो दिदै जवाफ माग गरेको छ । पीडितसँग भेट्न खोजेपछि भेट नहुन नसकेको तर उनका आफन्तसँग मात्र भेट भएको आयोगका पुर्वाञ्चल क्षेत्रीय प्रमुख झंकार रावलले बताए । ‘पत्रपत्रिकाबाट मिलापत्र भएको भन्ने थाह पायौं, यसबिषयमा लिखित मौखिकरुपमा सम्बन्धित पक्षहरुसँग बुझिरहेका छौं’–रावलले भने–‘पीडित पक्ष मर्का प¥यो भनेर आएका छैनन्, चित्त बुझेको हो भने एउटा पाटो भयो तर, वास्तविक पीडितसँग पनि भेट हुन सकेको छैन ।’
पीडितलाई चित्त नबुझेको भए अझै पनि कानुनी उपचारको लागि अदालत जाने बाटो खुल्ला रहेको रावलको भनाई छ । पीडितले भनेजस्तो घटना भएको हो वा होइन भन्ने अनुसन्धान गर्ने निकाय प्रहरी भएपनि जाहेरी नै नलिएको बिषयमा भने उनले खुल्न चाहेनन् । ‘घटना घटेको थियो, थिएन भनेर अनुसन्धान गर्ने छुट्टै निकाय छ, तर जाहेरी नलिएको भन्ने छ । त्यसबिषयमा हामीले के कसो ग¥यौं भनेर सबै खुलाउन मिल्दैन’–उनले भने ।
महिला सञ्जालकी सहसचिव मञ्जु भण्डारी भने घटना भएलगत्तै आयोगलाई मौखिकरुपमा जानकारी गराएको र प्रहरीले जाहेरी दर्ता नगरेपछि पनि फ्याक्स मार्पmत आयोगमा लिखितरुपमा निवेदन दिएको बताइन् । त्यतिबेला धरान आएर पीडितलाई भेटेर घटनाबारे बुझिदिनुस् भन्दा कोही नआएको तर अहिले चित्त बुझाएर पीडितले मिलापत्र गरिसकेपछि आयोगले चासो दिएकोप्रति उनले आश्चर्य व्यक्त गरिन् । ‘हामी त्यतिबेला प्रत्यक्ष सम्पर्कमा थियौं, प्रहरीले जाहेरी नलिएपछि सोमबार नै फ्याक्स मार्फत आयोगमा निवेदन दियौं र फिल्डमा आउन पनि आग्रह ग¥यौं’–दुःखी हुदै उनले भनिन्–‘विराटनगरबाट धरान कति नै टाढा थियो र, त्यतिबेला नआउने तर अहिले चासो दिने ?’ आइतबार आयोगको टोली धरान आएर मिलापत्रबारे पीडितसँग बुझ्न खोजे पनि उनका आफन्तसँग मात्र भेट गरेको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे