सम्यकमा नयाँ कार्यसमिति चयन


धरान । शिक्षा, स्वास्थ्य, वातावरण र सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको सम्यक शिक्षा समुहमा अमृत शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । समुहको शनिबार धरानमा सम्पन्न २१ औं साधारणसभाले शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समुहको उपाध्यक्षमा अनुपमा शाक्य, सचिवमा आशिषराज यादव, कोषाध्यक्षमा हरिकृष्ण श्रेष्ठ र सहसचिवमा सवेरा श्रेष्ठ चयन भएका छन् । साथै, सदस्यहरुमा शीतल श्रेष्ठ, एलिना शाक्य, मनोज श्रेष्ठ, विवेक शाक्य, रमी रनपैली र सुस्मिता शाक्य चयन भएका छन् ।
नयाँ समितिको कार्यकाल २०७३ साल सम्म रहेको छ । साधारणसभामा तत्कालीन कार्यसमिति सदस्य आशिषराज यादवले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्रमाया शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । श्री स्वयम्भू चैत्य महाविहारका अध्यक्ष देवरत्न शाक्य, आजिवन सदस्य पञ्चु शाक्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा अतिथि पञ्चु शाक्यले सम्यक अक्षय कोषको लागि नगद ११ हजार १ सय १ रुपैया सहयोग गरेकी थिइन् । सही ज्ञानलाई सर्वत्र फैलाउने तथा देश विकास र विश्व शान्तिको सामुहिक चाहनालाई टेवा पु¥याउने उद्देश्यले यो संस्था २०५० सालमा स्वर्गीय देवीमाया शाक्यको अध्यक्षतामा स्थापना भएको थियो । यो समूहले हाल धरानका दुई विद्यालयमा गरिबीले बीचमा पढाई नछोडोस भन्ने उद्देश्यले सम्यक छात्रवृत्ति कार्यक्रम संचालन गरिरहेको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे