सफल भए हेल्दी बेबी(फोटोफिचर)


धरान । मन्टेश्वसरी किन्डर गार्डेनका सफल श्रेष्ठ हेल्दी बेबी घोषित भएका छन् । धरान जेसजको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत बुधबार आयोजित प्रतियोगितामा सहभागीमध्ये उनी सबैभन्दा स्वस्थ्य ठहरिएका हुन् ।
धरान १६ स्थित सिटि मन्टेश्वरी स्कुलमा भएको प्रतियोगितामा डिपोट उच्चमाविकी आश्लेष राई फष्टरनरअप र मन्टेश्वरी किन्डर गार्डेका इशान क्षेत्री सेकेण्डरनरअप घोषित भए । उनीहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेडियाट्रिक विभागकी एसिस्टेष्ट प्रोफेसर डा.ज्योति अग्रवालले नेतृत्व गरेको चिकित्सकको टोलीले छनौट गरेको हो ।

यसैगरि, वेष्ट कमुनिकेटर र लक्की चाइल्डमा सिटी मन्टेश्वरीका सुअम भण्डारीले पुरस्कार पाए भने वेष्ट ड्रेसको पुरस्कार डिपोट उच्चमाविका सोलियन राईले पाए । यस्तै, सिटि मन्टेश्वरीकी अदृश्री थापाले वेष्ट हेयर, सिटिकै आहाना श्रेष्ठले वेष्ट फोटोजेनिकको पुरस्कार पाए भने डिपोटका प्रयुष श्रेष्ठका अभिभावकले लक्की अभिभावकको पुरस्कार हात पारे । विजेता बच्चाहरुलाई प्रमाणपत्रसँगै विभिन्न आर्कषक पुरस्कारहरु दिइएको थियो ।
प्रतियोगितामा विभिन्न मन्टेश्वरी एवं विद्यालयहरुबाट कुल ४० जना बच्चाहरु सहभागी थिए । स्पर्धामा १८ महिनादेखि ५ बर्षसम्मका बच्चाहरुलाई सहभागी गराइएको प्रतियोगिताकी संयोजक वेदुका पुलामीले जानकारी दिइन् । उनका अनुसार बच्चाहरुको शारीरिक विकासँगै मानसिक एवं बौद्धिक विकासको आधारमा निर्णय गरिन्छ ।

सिटि मन्टेश्वरी स्कुलको व्यावस्थापन समिति अध्यक्ष इश्वर ताम्राकारले यो स्पर्धा बालबालिकाहरुको मात्रै नभई अभिभावकहरुको पनि भएको बताए । ‘आमाबुबाले आफ्नो बच्चालाई कतिको ख्याल गर्छन् भनेर जाँच्ने कडि पनि हो’–उनले भने । कार्यक्रमका प्रमुख अतिथि एवं बीपी प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा.गौरीशंकर अग्रवालले बच्चाको स्वास्थ्यसँग जोडिएको हुनाले यो स्पर्धा अन्यभन्दा फरक र महत्वपुर्ण भएको बताए । ‘बच्चाहरु निरोगी रहुन्, मानसिक, शारीरिक, बौद्धिक विकास होस भन्ने उद्देश्य हो भने अभिभावकको पनि ठुलो भुमिका हुन्छ’–उनले भने–‘आफ्नो बालबच्चाहरु गर्भमा रहदादेखि नै पौष्टिक आहार दिनुपर्छ, बिशेष ख्याल गर्नुपर्छ ।’ आयोजक धरान जेसिजका अध्यक्ष सुवासचन्द्र सिंहले बालबालिकाको स्वास्थ्यप्रति सेचतना जगाउनु प्रतियोगिताको प्रमुख उद्देश्य भएको बताए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे