बन्द खुलेको घोषणा लगत्तै फेरि अनिश्चितकालीन बन्द आह्वान


धरान । साउन २२ गतेलाई लिम्बूवानको कालो दिनकोरुपमा मान्दै अरुण सप्तकोशी पूर्वको ९ जिल्ला बन्द बिहिबार खुलिनसक्दै शुक्रबारदेखि पुनः अनिश्चिकालीन कोशी बन्दको आह्वान गरिएको छ । मेची अञ्चलका बस व्यावसायीहरुको आन्दोलनमा सर्मथन जनाउदै कोशी अञ्चलका बस व्यावसायीहरुले पनि शुक्रबारदेखि बन्दको घोषणा गरेका हुन् ।
उज्यालो यातायात व्यावसायी संघले झापाको काकडभिट्टामा शाखा खडा गरेर नयाँ बस सेवा सञ्चालन गरेपछि उत्पन्न विवादले दुई दिन अघिदेखि मेची अञ्चलमा पनि यातायात बन्द थियो । मेची अञ्चलका बस व्यावसायी एवं मजदुरहरुले दुई दिनदेखि अनिश्चितकालीन यातायात बन्द जारी राखेका छन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, कोशी अञ्च कमिटि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात चालक मिस्त्री संघले बिहिबार संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै कोशी अञ्चलमा पनि यातायात बन्दको घोषणा गरेका हुन् । दुवै अञ्चलका यातायात व्यावसायीहरुको बन्दले अरुण सप्तकोशी पूर्वको जिल्लाको सम्पर्क मुलुकका अन्य क्षेत्रसँग टुट्नेछ ।

मेची अञ्चलका बस व्यावसायीहरुले पूर्वपश्चिम राजमार्गमा नयाँ बस सेवा सञ्चालन गर्न नदिने अडानमा छन् । व्यावसायीहरुको विरोध हुदा हुदै पनि उज्यालो यातायातले बुधबार बस सेवा सञ्चालनमा ल्याएपछि समस्या जटिल बनेको हो । उज्यालो र मेचीका बस व्यावसायीहरुबीच वार्तामो माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहे पनि संवादको प्रक्रियालाई अन्त्य गरेर उज्यालोले जर्बजस्ती शाखा उद्घाटन गरेको कोशीका व्यावसायीहरुको भनाई छ । जर्बजस्ती सञ्चालनमा आएका बसहरुले विगतमा अस्वस्थ्य प्रतिस्पर्धा निम्तिएको र आम उपभोक्ता, यात्रु ठगिने लुटिने समस्याले ग्रसित भएको व्यावसायीहरुको भनाई छ ।
काठमाण्डौं केन्द्रीय कार्यालय रहेको उज्यालो यातायातले यसक्षेत्रको मजदुर र व्यावसायीको पेशाबाट विस्थापित गर्न लागि परेको भन्दै व्यावसायीहरुले सञ्चालन अनुमति खारेज गर्न विज्ञप्तीमार्फत माग गरेका छन् । साथै, बन्द अवधिभर प्रेस, एम्बुलेन्स, दुई पांग्रे सवारी, स्कुल बस, कुटनैतिक नियोगका सवारी, हरियो चिया पति बोक्ने गाडी, दुध बोक्ने गाडीलगायतलाई भने अवरोध नगरिने पनि विज्ञप्तीमा जनाइएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे