क्याटवक गरेर रमाइलो तिज(फोटोफिचर)


धरान । महिलाहरुको चाड तिज भन्नु बित्तिकै रातो सारी, चोलीमा अनि चुरापोतेमा चिटिक्क सजिएर नाचगान गरिरहेको दृष्य आँखामा आउछ । तर, हिजोआज भने महिलाहरुले तिजलाई विभिन्न शैलीमा मनाउन थालेका छन् । विगतमा हरितालिका तिजको दिनमा मात्रै रमाउने युवती एवं महिलाहरु अचेल भने तिज आउनु महिनादिन अघिदेखि नै विभिन्न कार्यक्रमहरु आयोजना गरेर रमाइलो गर्न थालेका छन् ।
शनिबार धरानमा दिदीबहिनी समुहले प्रतियोगितात्मक रमाइलो तिज कार्यक्रम मिसेस तिज २०७१ को आयोजना गर्यो । कार्यक्रममा विवाहित १४ जना महिलाहरु सारी, चोली र चुरापोतेमा चिटिक्क मात्रै सजिएका थिएनन्, र्याम्पमा क्याटवक पनि गरे । कार्यक्रममा २० बषीय विवाहित युवतीदेखि ४० बर्षीय महिलासम्मले क्याट वक गरेका थिए । महिलाहरुले चिटिक्कै भा,छु रे..बोलको गितमा नाच्दै क्याट वक गरेको दृष्यले निक्कै कार्यक्रम हल रोमाञ्चक बनाएको थियो ।

प्रतियोगितात्मक मिसेज तिजको उपाधि जुना राईले जितिन् भने फष्ट रनरअप धन श्रेष्ठ र सेकेण्ड रनरअप लक्ष्मी तामाङ घोषित भइन् । उपाधि विजेता जुनाले वेष्ट फिगरको पुरस्कार पनि थापिन् । उनीहरुले ताज, ट्रफीसँगै विभिन्न उपहार पनि हात परे । यस्तै, प्रतियोगितामा वेष्ट हेयर स्टाइलको पुरस्कार कल्पना शाही, वेष्ट मेकअपको पुरस्कार सिमा श्रेष्ठ, क्याटवकको पुरस्कार लक्ष्मी तामाङ र वेष्ट स्माइलको पुरस्कार सुष्मा राईले जितिन् । यसैगरि, मिसेस ब्युटिफुलको पुरस्कार कविता श्रेष्ठ र पर्सनालिटीको पुरस्कार डिम्पल खड्काले हात पारिन् । विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि एवं कृति टेलिभिजनकी प्रबन्ध निर्देशक गंगा पलिखे, निर्णायकहरु कविता लिम्बू, भारती सुब्बा, अम्बिका प्रधान, झुना राई र विष्णु लिम्बूले वितरण गरेकी थिइन् ।

मोडलकोरुपमा विवाहित महिलाहरुलाई र्याम्प वक मोडलिङ एजेन्सीका कोरियोग्राफर डिजे ललितले प्रशिक्षण दिएका थिए भने निसुम्मा ब्याुटि पार्लरले मेकअप गरेको थियो । कार्यक्रममा सारी चोलीमा विवाहित महिलाहरुले मात्रै क्याट वक गरेनन्, नवोदित मोडलहरुको मन्त्र क्याजुअल फेशन शो पनि आयोजना भएको थियो । विवाहित महिलाहरुलाई तिजको अवसरमा स्टेजमा प्रस्तुत गर्ने अवसर दिएको आयोजक दिदीबहिनी समुहकी अध्यक्ष सुनिता श्रेष्ठले बताइन् ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे