बराहले चाइनिज संसार सञ्चालनमा ल्याउने


धरान । दुई दशकदेखि व्यापार, व्यावसायमा स्थापित बराह ज्वेलर्स इष्डष्ट्रिज प्रालिले सर्वसाधारण उपभोक्तालाई राहत दिलाउन बराह चाइनिज संसार सञ्चालनमा ल्याउने भएको छ ।
प्रालिको २० औं बार्षिकोत्सव तयारी बारे शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमा धरान ५ स्थित बराह कम्प्लेक्सको दोस्रो तल्लामा चाइनिज संसार खुल्न लागेको जानकारी दिइएको हो । यो बजार सञ्चालनमा आएपछि सर्वसाधारणहरुले ज्यादै सस्तो मुल्यमा तर गुणस्तरीय चाइनिज सामानहरु खरीद गर्न पाउने सञ्चालकहरुले बताएका छन् । चाइनिज संसार दशैं अघिनै सञ्चालन गर्ने लक्ष्य लिइएको धरानस्थित शाखा प्रमुख मानबहादुर बिश्वकर्माले बताए । उनका अनुसार हिजोआज धरानलाई ज्यादै महंगो बजारकोरुपमा लिइन्छ, तर यो बजार सञ्चालनमा आएपछि धरानलाई सस्तो बजारमा पनि परिणत गर्नेछ । ‘धरान महंगो भयो भनिन्छ, यहाँबाट ग्राहकहरु अन्य शहरतिर किनमेल गर्न जान्छन् । बराह चाइनिज संसारले धरानका उपभोक्ताहरुलाई बाहिरिनबाट रोक्नेछ’–शाखा प्रमुख विश्वकर्माले भने–‘यहाँ सस्तो तर राम्रो, गुणस्तरीय सामानहरु राख्छौं ।’
प्रालिका अनुसार यो बजार चाडै सञ्चालनमा ल्याउने तयारी थियो । चीनको खासा बजारबाट सामान अर्डर भइसकेकार कन्टेनरमा लोड पनि गरिसकिएको थियो तर, पहिरो र सुनकोशीको बाढीले सडक अवरुद्ध भएपछि सामान रोकिएको छ । तथापी, उपभोक्ताहरुलाई राहत दिलाउने उद्देश्यले दशै अघि नै सञ्चालन गर्ने लक्ष्य राखिएको प्रमुख विश्वकर्माले बताए । ‘यहाँ सस्तो र राम्रो चाइनिज सामान, विभिन्न इलेक्ट्रोनिक्स सामानहरु, घरायसी सामानहरु, लत्ताकपडाहरु पाइनेछ’–उनले थपे ।

यही भदौ ५ गते बीसौं बार्षिकोत्सव मनाउने तयारी गरिरहेको प्रालिले भदौं ३ गते भानुचौकमा बृहत रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ । बार्षिकोत्सव समारोहमा बार्षिक न्युनतम १५ हजारदेखि १० लाखसम्मको समान खरीद गर्ने १५४४ जना पुरस्कृत ग्राहकलाई आर्कषक पुरस्कार दिने पनि प्रालिले जनाएको छ । यस्तै, पुरस्कृत मध्ये एक जना भाग्यशाली ग्राहकलाई डिओ स्कुटी उपहार प्रदा गर्ने पनि प्रालिले घोषणा गरेको छ । साथै, बराह ज्वेलरी स्थापनाकालदेखि निरन्तर सुनचादीको गरगहना खरीद गर्ने तीन जना ग्राहकहरुलाई गोल्ड मेडल प्रदान गर्ने पनि शाखा प्रमुख विश्वकर्माले जानकारी दिए ।
०५२ साल भदौं ५ गते सुनचादी पसलबाट शुरुवात भएको बराह ज्वेलरीले व्यापार तथा सेवामा विस्तार गर्दै हङकङ, बेलायतसम्म शाखा विस्तर गरिसकेको छ । देश विदेशमा गरि प्रालिले ३ सयलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्षरुपमा ३ हजार बढीले पनि रोजगारी पाएको प्रालिको दाबी छ । प्रालिले सुनचादी गरगहना, रेमिटेन्स, यातायात सेवा, डिपार्टमेन्ट स्टोर, शहकारी संस्था, उपभोग्य सामानलगायत विभिन्न क्षेत्रमा व्यापार विस्तार गरिसकेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे