डान्सिङ तिज क्विनमा निरा प्रथम


धरान । तिजको अवसरमा आयोजित खुल्ला एकल नृत्य प्रतियोगिता मिसेज डान्सिङ तिज विक्नको ताज इटहरीकी निरा विश्वकर्माले पहिरिएकी छिन् । गरिमा डान्स सेन्टरले शुक्रबार धरान १५ स्थित सदन सभाहलमा आयोजना गरेको प्रतियोगितामा उनले अन्य १४ प्रतिस्पर्धालाई पछि पार्दै ताज पहिरिन् ।
यस्तै, झापा दुधेकी मञ्जु राई खजुम फष्ट रनरअप(दोस्रो) भइन् भने धरानकी शर्मिला मगर कन्दङ्वा सेकेण्ड रनरअप(तेस्रो) भइन् । उनीहरुले ताजसँगै ट्रफी र विभिन्न उपहार पनि पाए । झापा, मोरङ र सुनसरीका १५ जना विवाहित महिलाहरु सहभागी फाइनल स्पर्धामा सबैले तिजसँग सम्बन्धित नेपाली गीतमा नृत्य पस्किएका थिए ।

फाइनल स्पर्धामा वेष्ट फेक्जिविलिटीको पुरस्कार पुष्पा सुब्बाले जितिन् भने वेष्ट पर्फमेन्स जिना राई, वेष्ट डान्स राधिका बिक, वेष्ट स्टेज कभर अनिता खड्गी रेग्मी, वेष्ट लिप्सिङ मिरा धमला र वेष्ट एक्सप्रेसनको पुरस्कार निरा बिकले जितिन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि एवं महिला सञ्जाल धरानकी अध्यक्ष मिना पुलामी, मोडल कुन्नी हाङस्रोङ लिम्बूले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पनिता तामाङ, सरस्वती योगी, माया सुनुवार, नन्दिनी राई, भक्ती राई र सीता मादेम्बा निर्णायक थिए । निर्णायक समितिले सहभागीहरु प्रस्तुतीमा ताल, श्रृंगार, हाउभाउ, स्टेज कभर, प्रस्तुती र दर्शक अभिरुचीलाई मध्यनजर गर्दै विजेता छनौट गरिएको जनाएको छ । इटहरी र धरानमा अडिशन लिएर उत्कृष्टलाई फाइनल स्पर्धामा सहभागी गराएको आयोजक सेन्टरले जनाएको छ ।


विवाहित महिलाहरुमा नाच्ने, गाउने चाहना भएर पनि अवसर नपाउने भएकोले तिजको मौकामा प्रतियोगितात्मक कार्यक्रम गरिएको गरिमाका प्रबन्ध निर्देशक मणिकुमार लिम्बूले बताए । ‘विवाह नहुदासम्म नाच्न, गाउन सहज हुन्छ, तर बिहे पछि घरपरिवार सम्हाल्दैमा महिलाहरुको समय बित्छ, चाहेर पनि नाचगानमा रमाउन सक्दैन । त्यसैले उहाँहरुलाई स्टेजमा अवसर दिन कार्यक्रम गरेका हौं’–उनले भने ।
...........................

                                        मुटूरोगी पत्रकारलाई सहयोग


मिसेज डान्सिङ तिज विक्न प्रतियोगिताको अवसरमा धरानका मुटु रोगी पत्रकार गमबहादुर लम्जेल संघर्षशिललाई आर्थिक सहयोग पनि हस्तान्तरण गरिएको छ । सेद द हर्ट(मुटु बचाउ) संस्थाका संस्थापक सदस्य गजेन्द्रकुमार मुखियाको पहलमा विभिन्न संघसंस्था र सहयोगीहरुबाट प्राप्त २१ ह्जार ५१ रुपैया सोही कार्यक्रममा लम्जेललाई प्रदान गरिएको थियो ।
मुटू रोगी लम्जेललाई कार्यक्रम हेर्न आएका दर्शकहरुले पनि आर्थिक सहयोग गरेका थिए । उनी धरानबाट प्रकाशित हुने प्रबोध साप्ताहिकका प्रधानसम्पादन हुन् । उनको मुटुको जटिल शल्यक्रिया भइसकेको छ । निरन्तर जाँच र औषधी खर्चमा उनले आर्थिक हैरानी व्यहोर्नु परिरहेको छ ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे