डाक्टर गोविन्द केसीको आन्दोलनमा बीपीका डाक्टरहरुको पनि ऐक्यवद्धता

धरान । शुक्रबार दिउसो ४ बजेतिर गलामा स्टेथेस्कोप भिरेर एप्रोन पहिरिएका डाक्टरहरुको समुह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेटबाट बाहिरियो । गेटबाहिर पुगेपछि पनि डाक्टरहरु रोकिएनन् । त्यो समुह सरासर भानुचौकतर्फ लम्कियो । सडक दाया बायाँबाट सर्वसाधारणहरु उनीहरुलाई जिज्ञासापुर्वक हेर्थे ।
डाक्टरहरुको समुहले सबैभन्दा अगाडी आमरण अनसन(सत्याग्रह)मा बसेका डाक्टर गोविन्द केसीको फोटो र मागसहितको ब्यानर बोकेको थियो । चिकित्सका शिक्षा नीति, चिकित्सा विश्वविद्यालयलगायतको माग गर्दै विगत ६ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर केसीको मागप्रति ऐक्यवद्धता जनाउदै प्रतिष्ठानका रेजिडेन्ट डाक्टरहरु पनि शुक्रबार सडकमा उत्रिएका हुन् । डाक्टर केसीको माग, उनको स्वास्थ्य स्थितिप्रति आम जनताको ध्यानाकर्षण गराउन प्रतिष्ठानस्तिथ गोविन्द केसी बचाउ अभियान सडकमा निस्किएको जनाएको छ ।
यो अभियानले डाक्टर केसीको स्वास्थ्य बिग्रदै गएकोमा चिन्ता जताउदै चाडै माग पुरा गरेर ज्याउन बचाउन सरकारसँग मागसमेत गरेको छ । गत बर्ष पनि डाक्टर केसी आमरण अनसनमा रहदा उनको आन्दोलनप्रति एक्यवद्धता जनाउदै प्रतिष्ठानका रेजिडेन्टहरुले गोविन्द केसी बचाउ अभियान गठन गरेका थिए । सोही अभियानले शुक्रबार डाक्टर केसीको जीवन रक्षाको कामना एवं मागप्रति एक्यवद्धा जनाउदै धरानमा र्याली निकालेको हो ।
बीपी प्रतिष्ठानबाट शुरु भएको र्याली भानुचौकमा पुगेर टुंगिएको थियो । त्यहाँ पुगेर डाक्टरहरुले करिब दुई घण्टा सर्वसाधारणहरुको निःशुल्क ब्लड प्रेसर जाँच गरेका थिए भने साँझ ६ बजे मैनबत्ति बालेर डाक्टर केसीको जीवन रक्षाको कामना गरे । उनीहरुले प्रेसर जाँच गरेका व्यक्तिहरुलाई गोविन्द केसी अनसनमा बस्नुको कारण र उनका मागहरुबारे लेखिएको पर्चासमेत बाँडेका थिए । ‘सरकार मेडिकल माफिया अघि सरकार झुकेको प्रष्ट भइसकेको छ, त्यसैले डाक्टरहरु मात्रै होइन आम सर्वसाधारण जनता सचेत नभएसम्म सुधार हुनेछैन भनेर ऐक्यवद्धता जनाउदै सडकमा उत्रिएका हौं’–अभियानकर्मी डाक्टर सन्तोष ढुंगानाले भने–‘डाक्टर केसीको जीवन रक्षाको लागि र आम जनतामा उहाँको जायज मागबारे सन्देश पुर्याउनको हो ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे