छैठौं मिस्टर पूर्वाञ्चलको तयारी पुरा

धरान । छैठौं मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरीक सुगठन प्रतियोगिताको तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । आयोजक एलाइनेट जिम हलले सोमबार पत्रकार सम्मेलन गर्दै चैत १३ र १४ गते धरान ८ स्थित सभागृहमा हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
 दुई दिने प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनलमा स्पर्धा हुनेछ । ‘तयारी सबै सकिएको छ, प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा स्पर्धा हुनेछ’–प्रतियोगिताका संयोजक बिक्रम लिम्बुले भने । उनका अनुसार प्रथम हुने खेलाडीले छैठौं मिस्टर पूर्वाञ्चलको उपाधिसहित नगद ५० हजार, ट्रफी र मेडल पाउनेछ । यसबाहेक विजेताले २५ हजार बराबारको टे्रड मिल(जगर मेशिन) पनि हात पार्नेछ । यस्तै, दोस्रो हुनेले नगद २५ हजार, तेस्रोलाई नगद १५ हजार र चौथो हुनेलाई नगद १० हजार, मेडल पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा वेष्ट पोजर, मोष्ट इम्प्रुप र मोष्ट मस्कुलर घोषित हुने खेलाडीले नगद ५ हजारसहित ट्रफी पनि पाउनेछ ।
आयोजकका अनुसार प्रि जजिङ राउण्डमा एक वजन समुहबाट ५ जना खेलाडी मात्रै छानिनेछ । फाइनलमा प्रत्येक समुहमा पुनः स्पर्धा गराई प्रथम हुने खेलाडीलाई मात्रै मुख्य उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगितामा सुनसरीको धरान, इटहरी, उदयपुर, राजविराज, काकडभिटा, विर्तामोड, सुरुङ्गा, दमक, उर्लाबारी, बेलबारी र विराटनगरबाट खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । पहाडी क्षेत्रमा जिम हल कम रहेको र भएको क्षेत्रबाट पनि प्रतियोगितामा सहभागी हुन धकाउने गरेको आयोजकले जनाएको छ । ‘धेरै जना फिटनेशको लागि आउछन्, स्पर्धामा सहभागी हुनपर्छ भन्दा लजाउछन्’–संयोजक लिम्बुले भने । पूर्वमा सबैभन्दा धेरै जिम हल र खेलाडी धरानमा छ । यसअघि भएको पाँचौं सँस्करणको उपाधि धरान ११ का पारस भुजेलले जितेका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे