बुढासुब्बा गोल्डकपको फाइनलमा मनाङ र एपिएफ भिड्दै

धरान । सिजनको अन्तिम ठुलो प्रतियोगिता १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीबीच भिडन्त हुदैछ । यो सिजन उपाधिविहिन रहेको मनाङ बुढासुब्बाको विजेता बनेर आफ्नो साख जोगाउन चाहन्छ । एपिएफ भने बुढासुब्बाको नयाँ विजेता बनेर इतिहास रच्ने दाउमा छ । तर, फाइनल जितेर सिजनको सुखद् अन्त्य गर्ने चाहना पुरा गर्न दुवै टिमलाई सहज भने छैन । पहिलो खेलमा कमजोर प्रतिद्धन्दी पाए पनि सेमीफाइनलमा दुवै टिमले उपाधिको दाबेदार टिमलाई हराएकोले पनि फाइनल प्रतिस्पर्धात्मक एवं रोमाञ्चक हुने अपेक्षा छ । पछिल्लो समय दुवै टोली लयमा छन् ।
एपिएफ बुढासुब्बामा पहिलो पटक फाइनल पुगेको टोली हो । उसले पहिलो खेलमा सिनाल्चु क्लब सिक्किमलाई ४–१ ले हराएको थियो भने सेमीफाइनलमा वलियो मानिएको आयोजक धरानलाई ३–० गोलअन्तरले हराउदै आफु उपाधिको दाबेदार रहेको सावित गरिसकेको छ । मनाङ भने बुढासुब्बामा चौथो पल्ट फाइनल पुगेको हो । यसअघि ०६० र ०६७ मा मनाङले उपाधि हत्याइसकेको छ भने ०६८ मा उपविजेता बनेको थियो । प्रतियोगितामा मनाङले पहिलो खेलमा मुनाल क्लब झापालाई २–० ले हराएको थियो भने सेमीफाइनलमा उपाधिको दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले पन्छाएको थियो ।
यसअघि, एपिएफ र मनाङ गत भदौंमा सिमरा गोल्डकपको प्रि क्वार्टरफाइनलमा आमनेसामने भएको थियो । उक्त खेलमा २–१ गोलअन्तरमा एपिएफले जितेको थियो । त्यही भएर पनि एपिएफको मनोवल उच्च छ । भदौंमा बुटबलमा भएको बीपी स्मृति कपमा त्रिभुवन आर्मीलाई हराउदै एपिएफले उपाधि जितिसकेको छ । टोली उत्कृष्ट लयमा छ । गणेश लावती र राजेन्द्र रावलबाहेक अनुभवी खेलाडी नभए पनि खेल बराबर ५०/५० हुने एपिएफका प्रशिक्षक कृष्ण थापाको भनाई छ । मनाङ इतिहास बोकेको बलियो टोली भए पनि भरपर्दा खेलाडीहरु राष्ट्रिय टिमको वन्द प्रशिक्षणमा रहेकोले एपिएफलाई फाइदा पुग्ने उनको अनुमान छ । ‘हाम्रो टिममा गणेश र राजेन्द्रबाहेक अरुमा धेरै अनुभव छैन, तर सबै युवा भएकोले टिम स्पिरिट र टिमवर्क छ । खेलाडी सबै एकैनाशको छ, सिमरामा मनाङलाई जितेकोले पनि हामी उच्च मनोवलमा छौं’–गएको सिजन मनाङमा बिताएका प्रशिक्षक थापाले भने ।
यो सिजन उपाधिविहिन रहेको मनाङ अनिल गुरुङ, विराज मर्हजन, शिव श्रेष्ठ, विशाल राई र निराजन मल्ल जस्ता भरपर्दा खेलाडीविना बुढासुब्बामा सहभागी छ । त्यसमाथि, एपिएफसँग अधिकांश युवा खेलाडीको टिमसेट छ । तर, मनाङको प्रर्दशन लयमा रहेकोले उपाधिको खडेरी टार्ने प्रशिक्षक राजुकाजी शाक्य दाबी गर्छन् । ‘एपिएफ सेट टिम छ, सबै युवा छन् । फाइनल सजिलो पक्कै छैन । तर, हामी पनि लयमा खेलिरहेकोले बुढासुब्बा जितेर यो सिजन सुखद् अन्त्य गर्न चाहन्छौं’–प्रशिक्षक शाक्यले भने । वन्द प्रशिक्षणमा रहेका पाँच मध्ये राष्ट्रिय टोलीमा नपर्ने खेलाडी शनिबारको फाइनल खेल्न आइपुग्नेमा उनी आशावादी छन् । अग्ला अफ्रिकन खेलाडीको उचाईले मनाङलाई फाइदा पुग्न सक्छ । मिडफिल्डलाई अझ वलियो बनाएर फाइनलमा उतार्ने प्रशिक्षक शाक्यले बताए ।




Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे