शल्यक्रियाको क्रममा मुटू बाहिर भएको शिशुको मृत्यु

धरान । शरीरबाहिर मुटू भएको शिशुको शल्यक्रियाको क्रममा सोमबार राजधानीमा मृत्यु भएको छ । काठमाण्डौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटु भित्र राख्न गरिएको शल्यक्रियाको क्रममा शिशुको मृत्यु भएको हो । चिकित्सक डाक्टर रामेश कोइरालाको नेतृत्वमा भएको शल्यक्रियाको क्रममा नवजात शिशुको भएको फुपाजु प्रकाश कार्कीले बताए । उनका अनुसार शिशुलाई आइतबार धरानबाट एम्बुलेन्समार्फत शहीद गंगालाल लगिएको थियो । त्यहाँ पुगेलगत्तै शिशुलाई भर्ना गरेर शल्यक्रियाको प्रक्रिया शुरु गरिएको थियो । नवजात शिशु तीन दिनको मात्रै थिए ।
झापा बनियानी ४ की २२ बर्षीया श्रुति कार्की (दाहाल)ले शरीर बाहिर मुटू भएको शिशुलाई शनिबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिानमा जन्म दिएकी थिइन् । मुटू बाहिर भएपनि बच्चाको अन्य अंगहरु भने सामान्य बच्चाको झै थियो । जन्मदा शिशुको तौल २ किलो ४ सय ग्राम थियो । बीपी  सिनियर रेजिडेन्ट डाक्टर रमेश दाहाल, डाक्टर अञ्जली रसाइली, एनेस्थेसियाका डाक्टर जोशनको टोलीले शल्यक्रिया गरेर बच्चा सकुशल निकलेको थियो । विश्वमा दुर्लभ यस्तो घटना नेपालमा पहिलो पटक भए पनि शिशुलाई बचाउन भने सकेनन् ।
शिशुकी आमा श्रुति बीपी प्रतिष्ठान आउदा ३४ हप्ताकी गभवती थिइन् । अल्ट्रासाउण्ड गर्दा बच्चाको मुटू शरीर बाहिर छातीमा देखिएको थियो । विश्वका अन्य देशमा यस्तो बच्चा जन्म भएपछि पनि बच्न नसकेको घटना भएको चिकित्सकहरुको भनाई छ । विश्वमा एक लाख बच्चा जन्मदा एक जनामा यस्तो घटना हुनसक्छ । जसलाई चिकित्सा विज्ञानमा इक्टपिक कर्डिस् भनिन्छ । छातीको बीचको भागको मांसपेशी(स्टेरनम) राम्रो बिकास नहुदा नवजात शिशुको मुटू बाहिर हुने चिकित्सकले बताएका छन् ।
मुटू शरीर बाहिरै निस्केको बच्चालाई थप शल्यक्रिया गरेर मुटु भित्र राख्नुपर्ने हुन्छ । तर, त्यसरी अप्रेशन गरेर मुटू शरीर भित्रै राखे पनि बच्चाको बच्ने सम्भावना भने नहुने विगतको घटनाले देखाएको चिकित्सकहरु बताउछन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे