बहिरा–दृष्टिविहिन सम्बन्धको सेतु बन्दै होली पर्व

धरान । पिपलको बोट मुनि प्लाष्टिकका कुर्सीमा बसेका वकिङ क्लाउड ब्याडका कलाकारहरुले नेपथ्यको गीत गाउन थाले, रेशम..। गीत संगीत शुरु भएपछि चौरमा भलाद्मी पारामा बसिरहेका केही साना बालबालिकाहरु उभिए । नउभिएकाहरुलाई ठुलाहरुले उठाए । सबैको हातमा रंग, अबिर राखिदिए ।
ती बालबालिका तथा किसोरकिसोरीहरु खुशीले उफ्रिदै एकआपसमा रंग, अबिर दल्न थाले । कोही भने उभिन पनि सकेका थिएनन् । तिनलाई ठुलाहरुले सहरा दिएर रंगसँग खेल्न सघाए । होली पर्वको उल्लास देशैभरिका सडक, गल्ली र चोकहरुमा पोखिरहदा धरान १५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा दृष्टिविहिन र बहिरा विद्यार्थीहरु पनि गीत,संगीतको माहौलमा भुलिए ।
एक आपसमा रंग, अबिर दलेर मनाइने पर्व होली यहाँका दृष्टिविहिन र बहिरा विद्यार्थीहरुको सम्बन्धको सेतु बनेको छ । विगतमा दृष्टिविहिन र बहिरा विद्यार्थीहरुबीच सम्पर्क, संवाद नै हुदैन थियो । दृष्टिविहिन र बहिरा विद्यार्थीहरुमा एकअर्काप्रति हेयको भावना थियो । तर, गएको बर्षदेखि भने होली पर्वको कारण फरक क्षमता भएका यी विद्यार्थीहरुबीच निकटता बढेको छ । ‘होलीकै कारण बहिरा र दृष्टिविहिन विद्यार्थीहरुबीच राम्रो सम्बन्ध बनेको छ । अहिले उनीहरुबीच मित्रता कायम भएको छ’–ज्ञान चक्षु विद्यालयकी प्रअ केशरी थापाले भनिन् ।
यो विद्यालय अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुसँग विभिन्न व्यक्ति, संघसंस्थाहरुले विगत ८ बर्षअघिदेखि होली पर्व मनाउदै आएका थिए । तर, गएको बर्षदेखि भने धरान १६ स्थित पूर्वाञ्चल बहिरा विद्यालय परिवारले पनि सहभागीता जनाएपछि दृष्टिविहिन र बहिरा विद्यार्थीहरुबीचको दुरी घटेको छ । बहिरा विद्यार्थीले देखे पनि गीत,संगीत सुन्दैनन् । दृष्टिविहिन विद्यार्थीले सुन्छन्, तर देख्न सक्दैनन् । जब गीत,संगीत शुरु हुन्छ, दृष्टिविहिनहरुले सुनेपछि खुशी हुदै ताली बजाउन थाल्छन् । त्यो देखेर बहिरा विद्यार्थीहरु अघि बढेर दृष्टिविहिनहरुलाई उठाउछन् र हात समाउदै नाच्न थाल्छन् । रंग, अबीर दल्छन् ।

‘पहिला बहिराले विद्यार्थीको साथी बहिरा मात्रै हुन्थ्यो, दृष्टिविहिनसँग उनीहरुको कुनै सम्बन्ध नै थिएन’–बहिरा विद्यालयकी प्रअ रेणुका बुढाथोकीले भनिन्–‘तर, गत बर्षदेखि उनीहरु राम्रो साथी बनेका छन्, नबोली र नदेखि पनि भावना, खुशी बाड्न सकिदो रहेछ भन्ने बुझेका छन् । यस्तो संयोग अन्त देखेको छैन ।’ ज्ञान चक्षुमा हाल ९८ जना दृष्टिविहिन विद्यार्थीहरु अध्ययनरत छन् । बहिरा विद्यालयबाट शुक्रबार होली मनाउन ३५ बहिरा विद्यार्थीहरु थपिएका थिए ।













Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे