बुढासुब्बा गोल्डकपमा एपिएफ च्याम्पियन

धरान । १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा पूर्वविजेता मनाङ मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै एपिएफ बुढासुब्बामा नयाँ च्याम्पियनको इतिहास बनाएको छ ।
विभागीय टिमलाई च्याम्पियन बनाउन राजेन्द्र रावलले दोस्रो हाफको २२ औं मिनेटमा गोल गरे । रञ्जन विष्टको कर्नरलाई मनाङका खेलाडीले क्लियर गर्न नसकेको मौकामा सन्तोष श्रेष्ठले दिएको पासमा उनले हेड गर्दै गोल गरेका थिए । यो सिजनमा एपिएफको यो दोस्रो उपाधि हो । यसअघि उसले गएको भदौंमा बुटवलमा सम्पन्न बीपी स्मृति कप पनि जितेको थियो । च्याम्पियन एपिएफले नगद ३ लाख ५० पायो भने उपविजेता मनाङले नगद १ लाख ७५ हजारमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ दि म्याच एपिएफका राजेन्द्र रावल घोषित हुदै नगद ५ हजार हात पारे भने एपिएफकै गणेश लावती सर्वोत्कृष्ट खेलाडी घोषित हुदै यामाहा मोटरसाइकल हात पारे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपिएफका अमृत चौधरी, डिफेन्समा एपिएफकै राजेन्द्र रावल, मिडफिल्डमा मनाङका सुलभ मास्के, स्ट्राइकरमा मनाङका लियोनल डोडोज र वेष्ट कोचमा एपिएफका कृष्ण थापा घोषित हुदै जनही नगद १० हजार थापे । प्रतियोगिताभर ३ गोल गरेको त्रिभुवन आर्मी क्लबका अमृत बस्नेतले नगद २१ ह्जार पाए भने उदयीमान खेलाडी घोषित हुदै आयोजक धरान फुटबल क्लबका हेमन्त थापा मगरले नगद १० हजार पाए ।
च्याम्पियन बनेकोमा खुशी व्यक्त गर्दै एपिएफका प्रशिक्षक कृष्ण थापाले जितको श्रेय खेलाडीलाई दिए । निरन्तरको प्रशिक्षण र फिटनेशको कारण जित हात पारेको उनले बताए । मनाङका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीले राम्रो खेले पनि फिनिसिङमा कमजारी भएको बताए । विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं सभासद मिनबहादुर विश्वकर्मा, एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पा, जे.बि.मार्केटिङका रोजन आमात्यलगायतले पुरस्कार वितरण गरेका थिए ।



















Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे