कुर्ता, सारी र लेहेंगामा क्याटवक(फोटोफिचर)


धरान । फेशन शो भन्नु बित्तिकै छोटो पहिरनमा मात्रै मोडलहरु क्याटवक गर्छन् भनेर वृद्धवृद्धाहरु पर भाग्छन् । तर, सबै फेशन शो त्यस्तो हुदैनन् । शनिबार  धरान १० सैनिक भवनमा आयोजित दोश्रो सीमा क्रिएसन फेसन सो २०१५ का दर्शकहरुले छोटो पहिरनमा अफ्ठ्यारो मान्दै मोडलहरुलाई क्याटवक गरेर हेर्नु परेन । तीन सिक्वेन्समा आयोजित फेशन शोमा स्थानीय मोडलहरु लेहेंगा, कुर्ता अनारकली र साडीमा र्याम्पमा क्याटवक गरे । त्यति मात्रै होइन, स्थानीय कलाकारको गीत, नृत्य प्रस्तुतीले फेशन शो झन् मनोरञ्जनात्मक बन्यो ।
श्रद्धा स्टोरकी सञ्चालिका सीमा तोदीले डिजाइन गरेका पहिरनमा धरानका १३ मोडलहरु र्याम्पमा उत्रिएका थिए । यसपाली फरक र नयाँपनको साथ तयार गरेको डिजाइनमा मोडलहरुलाई र्याम्पमा उतारेको तोदीले बताइन् । मोडलहरु सामान्य सारीदेखि ५० हजार मुल्य भएको सारीमा क्याटवक गरेको उनले बताइन् ।
उनको डिजाइनमा बनेको पहिरनको माग विदेशमा रहेको नेपालीहरुमा अत्यधिक छ । फेसबुक, भाइबर, वाट्सएपलगायतको माध्यमबाट डिजाइन हेरेर अर्डर गर्ने गरेको तोदीको भनाई छ । उनका डिजाइनहरु बेलायत, हङकङ, अष्ट्रेलिया, सिंगापुर, ब्रुनईलगायत मुलुकमा पुगिसकेको छ । फेशन शोको कोरियोग्राफ डिजे ललितले गरेका थिए भने मोडलहरुलाई निसुङमा व्युटि पार्लरले मेकअप गरेको थियो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे