मिस लिम्बूको अडिशन सम्पन्न


धरान । बराह ज्वेलरी मिस लिम्बू सिजन ३ को पूर्वाञ्चल अडिशन आइतबार धरानमा सकिएको छ । धरान ९ आचार्यलाइनस्थित गरिमा डान्स सेन्टरमा अडिशन भएको थियो । अडिशनमा सुनसरी, मोरङ्ग, झापा,धनकुटा, इलाम, तेह्रथुमलगायत विभिन्न जिल्लाका किसोरीहरु सहभागी थिए ।
एसएसली उर्तीण गरेकाहरुले भाग लिन पाउने सुन्दरी स्पर्धाको फाइनल भने चैत तेस्रो साता राजधानीमा हुने आयोजकले जनाएको छ । मिस लिम्बू याक्थुङ युथ एशोसिएशनले आयोजना गरेको हो । पूर्वको अडिशन सकिएपछि फागुन २२ गते पुनः अर्को अडिशन हुनेछ । दुवै अडिशनबाट छानिएकाहरुलाई फागुन २५ गतेदेखि करिब एक महिना क्षमता, आत्मविश्वास वृद्धि हुने लगायत तालिम दिइने आयोजक संस्थाका अध्यक्ष विश्व सामेखामले बताए ।
धरान अडिशनमा आयोजक संस्थाका अध्यक्ष सामेखाम, गीतकार मिना सिंगक, फिल्म निमात्री भिष्मा चेम्जोङ, निर्देशक एवं कलाकार प्रेम सुब्बा, ब्युटिशियन भारती सुब्बा, बराह ज्वेलर्सका सहायक प्रबन्धक पुर्णकुमार कालिकोटे, मोडल रेखा फागो, मुन्धुमविद भरत तुम्याङलगायत निर्णायक थिए । अडिशनमा इसिका थेगिम, लक्ष्मी इस्पो, कल्पना लिम्बू, स्मेना लिम्बू, आङसाङ लिम्बू, अञ्जना इवा, अनिषा लिम्बू, सुजु लिम्बू, मनिता साम्बालगायत सहभागी थिए । फाइनल चरणका विजेताले ताजसहित नगद ५० हजार पाउनेछन् भने फष्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार पाउनेछन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे