गरिबका छोराछोरी पढ्ने विद्यालय अधुरै
धरान । सर्दु खोला किनारमा ढुंगा,गिटी कुटेर जिविका चलाउने धरान २३, विष्णुपादुकाका आशबहादुर राईका छरछिमेकीका छोराछोरी बोर्डिङ स्कुल जान्छन् । उनलाई पनि आफ्ना तीन छोरालाई राम्रो बोर्डिङमा पढाउने रहर छ । तर, बिहान बेलुकीको छाक टार्नै धौ धौ भएका राईका तीन छोरा धरान ११, मुकाल बस्तीस्थित अनन्त शिक्षा ज्योति प्राविमा पढ्न जान्छन् ।
आशबहादुर झै आफ्ना सन्तानलाई निजी बोर्डिङ स्कुलमा पढाउन नसक्ने अति विपन्न वर्गका अभिभावकको एक मात्र आशा र भरोसाको केन्द्र हो, अनन्त शिक्षा ज्योति प्रावि । तर, सयौं गरिब, विपन्न समुदायका बालबालिकाहरु पढ्ने यो स्कुलको अवस्था भने एक दशक वित्न लाग्दा पनि दयनीय छ । भौतिक पूर्वाधार अभावमा विद्यार्थीहरु अहिले पनि बाँसको टाटीले बारेको कक्षा कोठाको भुईमा पढ्न बाध्य छन् । बर्षा र हुरीबतासको मौसममा त विद्यालय नै बन्द हुन्छ । ‘अरु छरछिमेकले जस्तो बच्चालाई बोर्डिङ स्कुल बढाउन सक्दिन, यो स्कुल नै राम्रो बनिदिए हुन्थ्यो’–आशबहादुरले नागरिकसँग भने ।
स्थानीयको पहलमा जिविस र धरान उपमहानगरको आर्थिक सहयोगमा चारवटा कक्षा कोठासहितको भवन बनाउन शुरु नभएको पनि होइन । तर, ती निकायबाट आएको बजेट पर्याप्त भएन । अहिले अधुरो भवनसँगै आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउने गरिब, सुकुम्बासी परिवारको सपना पनि अधुरै छ । शिक्षा, स्वास्थ्यको शहर भनेर गर्व गर्ने धरान उपमहानरपालिकाको निम्ति यो विद्यालय बत्तिमुनि अध्यारो जस्तै भएको विद्यालयका प्रअ क्षितिज राई बताउछन् । ‘धेरै बर्ष बाँसको टाटी, सेउलाले बारेर पढायौं । राम्रो शिक्षा दिलाउन धेरैतिर दौडधुप गरेर भवन बनाउन शुरु पनि गर्यौं, तर स्थानीयबासीबाट स्रोत जुटाउन नसक्दा भवन अधुरै भयो’–उनले भने ।
विद्यालयका अनुसार आर्थिक बर्ष ०६७/०६८ मा जिल्ला शिक्षा कार्यालयले ८ लाख २८ हजार ७ सय रुपैया भवन निर्माणको लागि अनुदान दिएको थियो भने तत्कालीन धरान नगरपालिकाले ३ लाख ९४ हजार र पछि थप ५० हजार दिएको थियो । शिक्षा कार्यालयसँग सम्झौता हुँदा बाँकी आवश्यक करिब अढाई लाख जति स्थानीयबासी, अभिभावकहरुले स्रोत जुटाउने भनिए पनि ३८ हजारजति मात्रै जुट्न सक्यो । ‘यहाँ गिटी कुट्ने, दाउरा बेच्ने, रिक्सा चलाउने ज्यालामजदुरीमा काम गर्नेका मात्रै छोराछोरी पढ्छन् । उनीहरुबाट धेरै आर्थिक स्रोत जुट्नै सकेन’–विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष आइतबहादुर लिम्बूले भने–‘गरिबका सन्तान पढ्ने विद्यालयलाई जे जति सहयोग सम्बन्धित निकायबाट हुनुपथ्र्यो भएको छैन, यो स्कुललाई पनि हेला, भेदभाव गरिएको हो कि भन्ने लागेको छ ।’ भवन निर्माण पुरा नभएपछि खर्च फछयौट हुन सकेको छैन ।
०५७ सालमा मकालु, सगरमाथा, साउनेलगायत सुकुम्बासी वस्ती बसेलगत्तै यो प्रावि पनि स्थानीयले सञ्चालनमा ल्याएका हुन् । नजिकैका अन्य सरकारी विद्यालयले सुकुम्बासीका छोराछोरीलाई पठाउन नमानेपछि बाध्य भएर स्थानीयले नै विद्यालय सञ्चालन गर्नुपरेको व्यवस्थापन समितिका पूर्वअध्यक्ष लिम्बूको भनाई छ । ‘त्यतिबेला कुनै पनि सरकारी स्कुलले अरुलाई बिगार्छ भन्दै हाम्रा केटाकेटी भर्ना लिनै मानेन, त्यसैले बाध्य भएर यो स्कुल स्थापना गर्नुपर्यो’–उनले थपे । हाल उक्त विद्यालयमा एक सय ६ जना बालबालिकाहरु अध्ययनरत छन् । यहाँ सगरमाथा बस्ती, मकालु वस्ती, साउने र सर्दु खोला पारी विष्णुपादुकाबाट पनि विद्यार्थीहरु पढ्न आउछन् । विद्यालयका अनुसार यो क्षेत्रबाट दैनिक एक दर्जन जति निजी विद्यालयका बस विद्यार्थी उठाउन आउछन् । सुकुम्बासी वस्ती भएपनि हैसियत भएकाहरुले आफ्ना छोराछोरी निजी बोर्डिङ स्कुलमा पठाएका छन् । तर, विपन्न परिवारले नजिकैको अनन्त शिक्षामा पढाउछन् । ०५७ सालमा स्थापना भए पनि हालसम्म यो विद्यालयमा शिक्षक दरबन्दी थिएन । बिहिबारदेखि स्थायी शिक्षक लक्ष्मण भुजेललाई जिल्ला शिक्षा कार्यालयले यहाँ खटाएको छ । उनीबाहेक ४ जना शिक्षक, शिक्षिकाले मासिक २ हजार ३ सय रुपैयाको दरले पाश्रमिक लिएर पढाउने गर्छन् । विद्यालयले उपमहानगरबाट ३ हजार ५ सय, जिल्ला शिक्षा कार्यालयबाट ३ हजार ५ सय, बराह ज्वेलरीले एक हजार ५ सय र कमला राईले दिएको एक हजार रुपैयालाई एकमुष्ट बनाएर शिक्षकलाई बराबरी पारिश्रमिक उपलब्ध गराउने गरेको छ ।
केही साताअघि धरान १६ स्थित जेनिथ इंलिस स्कुलमा स्वयमसेक बनेर आएका उनीहरुलाई प्रिन्सिपल सुमन जवेगु र बराह ज्वेलरीका धरान शाखा प्रमुख मानबहादुर बिकले उक्त विद्यालय अवलोकन गराएका थिए । नर्वेजियन विद्यार्थीहरुले पठाएको सहयोग रकम बिहिबार विद्यालयमा पुगेर प्रिन्सिपल जवेगु र बराहका प्रमुख बिकले अनन्त ज्योतिका व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । ०५७ सालमा स्थापना भएको यो विद्यालयमा सुकुम्बासी बस्तीका गरिब परिवारका विद्यार्थीहरु पढ्छन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष आइतबहादुर लिम्बूले सहयोग गर्ने इच्छा देखाउदै धेरै जना व्यक्तिहरु आए पनि आश्वासनबाहेक अन्य सहयोग नपाएको बताए । आर्थिक अभावले सुविधायुक्त कक्षा कोठा निर्माण कार्य बीचमा नै रोकिएकोले सबैको सहयोगको खाचो रहेको उनले बताए । जेनिथका प्रिन्सिपल जवेगुले नर्वेका स्वयमसेवी विद्यार्थीहरुले जस्तै शिक्षा, समुदायको लागि गरेर देखाउनुपर्ने धारणा व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य एवं बराह ज्वेलरीका धरान शाखा प्रमुख मानबहादुर बिकले विपन्न विद्यार्थीहरु पढ्ने स्कुल दयनीय रहेको साथै शिक्षकलाई तलब समेत खुवाउन सक्ने अवस्था नभएकोले सबैको सहयोगको खाचो बताए ।
आशबहादुर झै आफ्ना सन्तानलाई निजी बोर्डिङ स्कुलमा पढाउन नसक्ने अति विपन्न वर्गका अभिभावकको एक मात्र आशा र भरोसाको केन्द्र हो, अनन्त शिक्षा ज्योति प्रावि । तर, सयौं गरिब, विपन्न समुदायका बालबालिकाहरु पढ्ने यो स्कुलको अवस्था भने एक दशक वित्न लाग्दा पनि दयनीय छ । भौतिक पूर्वाधार अभावमा विद्यार्थीहरु अहिले पनि बाँसको टाटीले बारेको कक्षा कोठाको भुईमा पढ्न बाध्य छन् । बर्षा र हुरीबतासको मौसममा त विद्यालय नै बन्द हुन्छ । ‘अरु छरछिमेकले जस्तो बच्चालाई बोर्डिङ स्कुल बढाउन सक्दिन, यो स्कुल नै राम्रो बनिदिए हुन्थ्यो’–आशबहादुरले नागरिकसँग भने ।
स्थानीयको पहलमा जिविस र धरान उपमहानगरको आर्थिक सहयोगमा चारवटा कक्षा कोठासहितको भवन बनाउन शुरु नभएको पनि होइन । तर, ती निकायबाट आएको बजेट पर्याप्त भएन । अहिले अधुरो भवनसँगै आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउने गरिब, सुकुम्बासी परिवारको सपना पनि अधुरै छ । शिक्षा, स्वास्थ्यको शहर भनेर गर्व गर्ने धरान उपमहानरपालिकाको निम्ति यो विद्यालय बत्तिमुनि अध्यारो जस्तै भएको विद्यालयका प्रअ क्षितिज राई बताउछन् । ‘धेरै बर्ष बाँसको टाटी, सेउलाले बारेर पढायौं । राम्रो शिक्षा दिलाउन धेरैतिर दौडधुप गरेर भवन बनाउन शुरु पनि गर्यौं, तर स्थानीयबासीबाट स्रोत जुटाउन नसक्दा भवन अधुरै भयो’–उनले भने ।
विद्यालयका अनुसार आर्थिक बर्ष ०६७/०६८ मा जिल्ला शिक्षा कार्यालयले ८ लाख २८ हजार ७ सय रुपैया भवन निर्माणको लागि अनुदान दिएको थियो भने तत्कालीन धरान नगरपालिकाले ३ लाख ९४ हजार र पछि थप ५० हजार दिएको थियो । शिक्षा कार्यालयसँग सम्झौता हुँदा बाँकी आवश्यक करिब अढाई लाख जति स्थानीयबासी, अभिभावकहरुले स्रोत जुटाउने भनिए पनि ३८ हजारजति मात्रै जुट्न सक्यो । ‘यहाँ गिटी कुट्ने, दाउरा बेच्ने, रिक्सा चलाउने ज्यालामजदुरीमा काम गर्नेका मात्रै छोराछोरी पढ्छन् । उनीहरुबाट धेरै आर्थिक स्रोत जुट्नै सकेन’–विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष आइतबहादुर लिम्बूले भने–‘गरिबका सन्तान पढ्ने विद्यालयलाई जे जति सहयोग सम्बन्धित निकायबाट हुनुपथ्र्यो भएको छैन, यो स्कुललाई पनि हेला, भेदभाव गरिएको हो कि भन्ने लागेको छ ।’ भवन निर्माण पुरा नभएपछि खर्च फछयौट हुन सकेको छैन ।
०५७ सालमा मकालु, सगरमाथा, साउनेलगायत सुकुम्बासी वस्ती बसेलगत्तै यो प्रावि पनि स्थानीयले सञ्चालनमा ल्याएका हुन् । नजिकैका अन्य सरकारी विद्यालयले सुकुम्बासीका छोराछोरीलाई पठाउन नमानेपछि बाध्य भएर स्थानीयले नै विद्यालय सञ्चालन गर्नुपरेको व्यवस्थापन समितिका पूर्वअध्यक्ष लिम्बूको भनाई छ । ‘त्यतिबेला कुनै पनि सरकारी स्कुलले अरुलाई बिगार्छ भन्दै हाम्रा केटाकेटी भर्ना लिनै मानेन, त्यसैले बाध्य भएर यो स्कुल स्थापना गर्नुपर्यो’–उनले थपे । हाल उक्त विद्यालयमा एक सय ६ जना बालबालिकाहरु अध्ययनरत छन् । यहाँ सगरमाथा बस्ती, मकालु वस्ती, साउने र सर्दु खोला पारी विष्णुपादुकाबाट पनि विद्यार्थीहरु पढ्न आउछन् । विद्यालयका अनुसार यो क्षेत्रबाट दैनिक एक दर्जन जति निजी विद्यालयका बस विद्यार्थी उठाउन आउछन् । सुकुम्बासी वस्ती भएपनि हैसियत भएकाहरुले आफ्ना छोराछोरी निजी बोर्डिङ स्कुलमा पठाएका छन् । तर, विपन्न परिवारले नजिकैको अनन्त शिक्षामा पढाउछन् । ०५७ सालमा स्थापना भए पनि हालसम्म यो विद्यालयमा शिक्षक दरबन्दी थिएन । बिहिबारदेखि स्थायी शिक्षक लक्ष्मण भुजेललाई जिल्ला शिक्षा कार्यालयले यहाँ खटाएको छ । उनीबाहेक ४ जना शिक्षक, शिक्षिकाले मासिक २ हजार ३ सय रुपैयाको दरले पाश्रमिक लिएर पढाउने गर्छन् । विद्यालयले उपमहानगरबाट ३ हजार ५ सय, जिल्ला शिक्षा कार्यालयबाट ३ हजार ५ सय, बराह ज्वेलरीले एक हजार ५ सय र कमला राईले दिएको एक हजार रुपैयालाई एकमुष्ट बनाएर शिक्षकलाई बराबरी पारिश्रमिक उपलब्ध गराउने गरेको छ ।
नर्वेजियन विद्यार्थीद्धारा सहयोग
धरान । विपन्न समुदायका छोराछोरी पढ्ने धरान ११, मकालु वस्तीमा अवस्थित अनन्त शिक्षा ज्योति प्राविलाई नर्वेबाट आएका ४ जना स्वयमसेवक विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । नर्वेस्थित हिष्ट युर्निभर्सिटीका विद्यार्थीहरु लेने, अरोरा, क्रिष्टिना र इन्भिलाले उक्त विद्यालयलाई ३७ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।केही साताअघि धरान १६ स्थित जेनिथ इंलिस स्कुलमा स्वयमसेक बनेर आएका उनीहरुलाई प्रिन्सिपल सुमन जवेगु र बराह ज्वेलरीका धरान शाखा प्रमुख मानबहादुर बिकले उक्त विद्यालय अवलोकन गराएका थिए । नर्वेजियन विद्यार्थीहरुले पठाएको सहयोग रकम बिहिबार विद्यालयमा पुगेर प्रिन्सिपल जवेगु र बराहका प्रमुख बिकले अनन्त ज्योतिका व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । ०५७ सालमा स्थापना भएको यो विद्यालयमा सुकुम्बासी बस्तीका गरिब परिवारका विद्यार्थीहरु पढ्छन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष आइतबहादुर लिम्बूले सहयोग गर्ने इच्छा देखाउदै धेरै जना व्यक्तिहरु आए पनि आश्वासनबाहेक अन्य सहयोग नपाएको बताए । आर्थिक अभावले सुविधायुक्त कक्षा कोठा निर्माण कार्य बीचमा नै रोकिएकोले सबैको सहयोगको खाचो रहेको उनले बताए । जेनिथका प्रिन्सिपल जवेगुले नर्वेका स्वयमसेवी विद्यार्थीहरुले जस्तै शिक्षा, समुदायको लागि गरेर देखाउनुपर्ने धारणा व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य एवं बराह ज्वेलरीका धरान शाखा प्रमुख मानबहादुर बिकले विपन्न विद्यार्थीहरु पढ्ने स्कुल दयनीय रहेको साथै शिक्षकलाई तलब समेत खुवाउन सक्ने अवस्था नभएकोले सबैको सहयोगको खाचो बताए ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।