फलामे गेट एसएलसी शुरु(फोटोफिचर)


धरान । फलामे गेटकोरुपमा रहेको प्रवेशिका परीक्षा अर्थात एसएलसी बिहिबारदेखि शुरु भएको छ । विद्यार्थीहरुले १० बर्ष विद्यालयमा गरेको मेहनतको फल यो एसएलसी परीक्षा उर्तीण भए वा नभएमा मुल्यांकन गर्ने गरिन्छ । तर, अर्को बर्षदेखि भने एसएसलीमा कोही पनि फेल नहुने प्रणाली लागु हुने भएकोले यो बर्षको एसएलसी परीक्षा बिषेश महत्व छ ।
यसैबीच, एसएलसी परीक्षामा धरान १५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका ९ जना दृष्टिविहिन विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् । विद्यार्थीहरुले धरान ८ स्थित ल्याबोरेटरी उच्चमावि परीक्षा केन्द्रमा एसएससी परीक्षा दिइरहेका छन् । उक्त केन्द्रमा दृष्टिविहिन विद्यार्थीहरु मुना भटराई, रमेश शाह, जय नारायण ठाकुर, सुजता लिम्बू, कञ्चन कुमारी चौधरी, रिता लिम्बू, शोभा मेहता, सुवास लिम्बू र कविता श्रेष्ठ छन् । उनीहरु नियमिततर्फका परीक्षार्थी हुन् ।
कक्षा १० सम्म ब्रेल लिपीमा अध्ययन एवं लेखन गरेका दृष्टिविहिनहरुले एसएलसी परीक्षाको जाँच भने ब्रेल लिपीमा दिन पाएका छैनन् । उनीहरुले सहयोगीको व्यवस्था गरेर उत्तर पुस्तिकामा लेखाउनुपर्ने हुन्छ । दृष्टिविहिन विद्यार्थीहरुलाई अन्य विद्यार्थीको तोकिएको भन्दा एक घण्टा बढी समय दिइएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष रुद्र लुङ्वाले बताए ।
ज्ञान चक्षुकी प्रध्यानाध्यापिका केशरी थापाका अनुसार ब्रेल लिपीबाट परीक्षा दिने व्यवस्था नहुदा सहयोगीको व्यवस्था गर्न नै समस्या हुने बताए । ‘शुरुमा विद्यालय र सहयोगी बस्ने विद्यार्थीलाई अनुरोध गरेर सम्झाउनुपर्छ, त्यसपछि अभिभावकलाई पनि बुझाउनुपर्छ’–उनले भनिन्–‘व्यवस्था भएर पनि आफैले लेखेजस्तो हुदैन । नेपालीमा ब्याकरण, अंग्रेजीमा स्पेलिङ गल्ती हुनसक्छ । प्रश्न दोहोर्याएर सुन्नुपर्छ, यसले धेरै समय खेर जान्छ । के उत्तर लेखिदियो भन्ने नै थाह हुदैन ।’






Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे