बीपी प्रतिष्ठानको वन क्षेत्रमा आगलागी


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानअन्र्ततको निर्वाणा कन्ट्री क्लबस्थित गल्फ कोर्ष नजिकैको वन क्षेत्रमा मंगलबार भिषण आगलागी भएको छ । सुख्खा पातमा सल्केको आगो हुरी चलेर नियन्त्रण बाहिर भई दक्षिणी वन क्षेत्रमा पनि फैलिएपछि नियन्त्रणमा लिन कठिन भएको थियो । सामुदायिक वनले बीपी प्रतिष्ठानको लापरवाहीले आगो लागेको आरोप लगाएको छ भने प्रतिष्ठानले आगलागीको कारण जाँच गर्ने प्रतिक्रिया दिएको छ ।
आगो सल्किदा निर्वाणको गल्फ कोर्षसँगै वन नजिकै रहेको वस्ती जोखिममा परेपछि स्थानीय निक्कै हतास परेका थिए । आगो नियन्त्रणमा लिन धरान उपमहानगरपालिकाको दमकल र व्यापाक सुरक्षाकर्मी परिचालन गरिएको थियो । आगो नियन्त्रणमा लिन अञ्चल प्रहरी गुल्म, इलाका प्रहरी, वडा प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीयबासी पनि खटिएका थिए । करिब डेढ घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।
आगो सल्किनुको कारण अज्ञात भएपनि बीपी प्रतिष्ठानको फोहोर वन क्षेत्रमा फाल्ने र त्यहाँ आगो लगाउने गरेकोले वन क्षेत्रमा आगलागी भएको वन समुहको आरोप छ । हरियाली वन समुहका पूर्वअध्यक्ष टेक तामाङका अनुसार अस्पतालको फोहोर वन क्षेत्रमा थुपारेर आगो लगाउने गरेकोले वनमा आगो फैलिएको दाबी गरे । ‘यो बीपीकै लापरवाहीको कारणले आगो सल्किएको हो, वनमा फोहोर फालेर जलाउने गरेको छ । त्यही आगो वनमा फैलिएको हो’–उनले भने । वनमा आगो सल्किएपछि प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठ पनि निरीक्षण गर्न घटनास्थल पुगेका थिए । फोहोर फालेर जलाउने गरेको स्वीकार गरेपनि उनले मंगलबारको आगो त्यही कारणबाट भए नभएको प्रष्ट नभएको बताए । ‘यहाँ फोहोर खाल्डो खनेर राख्छौं, आगो लगाउने गरेको पनि रहेछ । के कारणले आगो सल्कियो भनेर सेक्युरिटीलाई बुझ्न भनेको छुँ’–उनले भने ।
प्रतिष्ठानको फोहोर संकलन र व्यवस्थापनको जिम्मा पप्पु श्री इन्टरप्राइजेजले लिएको छ । उसले अस्पतालको सम्पुर्ण फोहोरलाई प्रतिष्ठानको दक्षिणी हाताको वन क्षेत्रमा लगेर फाल्ने गरेको छ । आगो नियन्त्रणमा खटिएका प्रहरी निरीक्षक मिलन भटराईका अनुसार करिब २ बिघा वन क्षेत्रमा आगो फैलिएको बताए । ‘चुरोटको ठुटोबाट पनि सल्किएको हुनसक्छ । सुख्खा पात र हावाको कारण नियन्त्रणमा गाह्रो भयो’–उनले भने–‘फायर लाइन बनाएपछि नियन्त्रणमा लिन सहज भयो ।’ स्थानीयका अनुसार करिब ४ बजेदेखि वनमा आगो लागेको थियो ।



Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे