धरानमा फेशन शोको तयारी


धरान । यही चैत ७ गते आयोजना हुन लागेको दोस्रो सिमा क्रिएशन फेशन शोको तयारीमा यहाँका मोडलहरु ब्यस्त छन् । धरान १० स्थित सैनिक भवनमा हुने फेशन शोमा एक दर्जन स्थानीय मोडलहरु र्याम्पमा उत्रदैछन् ।
उनीहरुलाई धरान ९ स्थित श्रद्धा स्टोरकी सञ्चालिका एवं डिजाइनर सिमाले यो अवसर दिएकी हुन् । फेशन शो मा मोडलहरु कुर्ता, लेहेङगा र साडीको डिजाइनमा र्याम्पमा उत्रने आयोजकले जनाएको छ । मोडलहरुलाई कोरियोग्राफर एवं डिजे ललितले क्याटवक प्रशिक्षण गराईरहेका छन् । आफ्नै घरमा स्टोर सञ्चालन गर्दै आएकी डिजाइनर सिमाले बजार प्रर्वद्धन तथा प्रचार गर्न गत बर्षदेखि फेशन शो शुरु गरेकी हुन् ।
उनको डिजाइनमा बनेको पहिरनको माग विदेशमा रहेका नेपालीहरुमाझ अत्यधिक छ । विदेशमा रहेकाहरुले इन्टरनेटको माध्यमबाट डिजाइनको अर्डर गर्ने गरेको डिजाइनर सिमा बताउछिन् । ‘फेसबुक, भाइवर, वाट्सएप्सबाट मेरो डिजाइन हेर्ने र अर्डर गर्ने गरेका छन्, यहीको बजारमा पनि प्रर्वद्धन गर्न फेशन शो गरेकी हुँ’–डिजाइनर सिमाले भनिन् । उनका डिजाइनहरु बेलायत, हङकङ, अष्ट्रेलिया, सिंगापुर, ब्रुनाई, दुबईलगायत मुलुकमा पुगिसकेको छ ।
झुनाज फिटनेशको सहयोग रहेको फेशन शोमा सहभागी मोडलहरुलाई निसुङ्मा ब्युटि सोलुसनले मेकअप गर्नेछ । मोडलिङ तथा ग्ल्यामर फिल्डमा क्यारिअर बनाउन चाहने युवतीहरुलाई यो फेशन शो अवसर बन्ने आयोजकको भनाई छ । फेशन शो मा संगीता राई, एलिसा श्रेष्ठ, जुना राई, मिनु सिंह, रोजिना राई, रुविना राई, सलोनी श्रेष्ठ, रोसिमा राई, निसारा थापा मगर, प्रतिमा वान्तवा, पवि राई र सुम्मिना राई मोडलकोरुपमा र्याम्पमा उत्रने कोरियोग्राफर डिजे ललितले बताए ।


Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे