बिष्फोटक पदार्थसहित चार युवा पक्राउ


धरान । लुकाईछिपाई राखेको विष्फोटक पदार्थसहित धरान १७ स्थित एक घरबाट प्रहरीले ४ जना युवाहरुलई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर कोट गाविस ६ का सन्तोष राई, उद्धिम राई, हेमन्त राई र तिवारी भञ्ज्याङ गाविस ६ का वसन्त राई छन् ।
उनीहरुलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले आइतबार बिहान करिब ६ बजे पक्राउ गरेको हो । उनीहरुबाट जिलेटिन(लोला) १२ थान र इलेक्ट्रिक डेटोनेटर २३ थान विष्फोटक पदार्थ वरामद गरेको इलाका प्रहरी कार्यालयका डिएसपी सुदन कुमार सिजापतिले जानकारी दिए । यसबाहेक डायरी एक थान, खुडा २ थान, चक्कु १ थान र नगद ७९ हजार ७ सय २० रुपैया पनि वरामद गरेको उनले बताए ।
 प्रारम्भिक अनुसन्धान मात्रै शुरु भएको र आइतबार ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु भारतको कोइलाखानीमा काम गरि घर फिरेकाहरु हुन् । पक्राउ परेकाहरु पूर्वी पहाडमा सक्रिय कुनै भुमिगत संगठनसँग सम्बन्ध भए नभएको वा कुन प्रयोजनको लागि विष्फोटक पदार्थ ल्याएको भनेर अनुसन्धान शुरु भएको डिएसपी सिजापतिले बताए । ‘विष्फोटक पदार्थ धरानमा लुकाईछिपाई राखेको छ भन्ने बिषेश सुचनाको आधारमा पक्राउ गरेका छौं, प्राम्भिक अनुसन्धानको क्रममा छौं । कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका छौं’–डिएसपी सिजापतिले भने–‘पक्राउ परेकाहरुकोबारेमा अहिल्यै केही पनि खुलेको छैन ।’ पक्राउ परेकाहरु धरान उपमहानगरपालिका वडा नम्बर १७ स्थित प्रनिता राईको घरमा डेरा गरि बस्ने भगवती राईको घरमा पाहुना आएको प्रहरीले बताएको छ ।


Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे