मुनाल क्लबलाई हराउदै मनाङ सेमीफाइनलमा


धरान । झापाको मुनाल क्लबलाई २–० ले हराउदै मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार भएको खेलमा मनाङको लागि अफ्रिकनमुलका खेलाडीद्धय सिसोको र डोडोजले गोल गरे ।
मनाङको लागि पहिलो गोल सिसोकोले पहिलो हाफको इञ्जुरी समयमा हेडमार्फत गोल गरेका थिए । सुलभ मास्केको कर्नर प्रहारमा उनले हेडमार्फत गोल गरेका थिए । यस्तै, दोस्रो हाफको इञ्जुरी समयमा डोडोजले मनाङको लागि दोस्रो गोल गरे । खेलको म्यान अफ दि म्याच मनाङका सिसोको भए । उनले नगद ५ हजार र ट्रफी पाए । मनाङले २१ गते त्रिभुवन आर्मी क्लबसँग दोस्रो सेमीफाइनल खेल्नेछ । यसअघि, आर्मीले आइतबार पोखरा ११ कास्कीलाई ट्राइब्रेकरमा हराउदै सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ । मनाङ ०६० र ०६७ को बुढासुब्बा गोल्डकप विजेता टोली हो ।
आफ्ना नियमित भरपर्दा खेलाडीविना मैदानमा उत्रिए पनि मनाङ खेलअवधिभर मुनालमाथि हावी रह्यो । मुनालका प्रशिक्षक गम्भीर राईले टिममा स्ट्राइकरको अभाव खट्किएको बताउदै अपेक्षा अनुरुप विदेशी खेलाडीले अपेक्षअनुरुप चल्न नसकेको बताए । मनाङका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीहरु प्रशिक्षण विना नै खेल्नु परेकोले धेरै स्कोर हुन नसकेको बताए । नयाँ युवा खेलाडीलाई अवसर दिएको उनले बताए । बुधबारको पहिलो सेमीफाइनल खेल आयोजक धरान फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे