महिला हिंसाविरुद्ध धरानमा विरोध र्याली


धरान । श्रृंखलावद्ध बलात्कार एवं महिला हिंसाको घटनाविरुद्ध धरानका विभिन्न महिला अधिकारवादी संघसंस्थाहरुले बुधबार वृहत विरोध तथा खबरदारी जुलुस निकालेका छन् । महिला सञ्जाल धरान नगर समितिको आह्वानमा भएको खबरदारी र्यालीमा पुरुष एवं विभिन्न युवा संघसंस्थाहरुले पनि ऐक्यवद्धता जनाउदै सहभागी भएका थिए ।
भानुचौकस्थित लोकतान्त्रिक चौतारीबाट शुरु भएको र्याली करिब २ किलोमिटर दुरीमा रहेको इलाका प्रशासन कार्यालयमा पुगेर टुंगिएको थियो । सञ्जालले इलाका प्रशासन कार्यालयमार्फत सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । र्यालीमा करिब तीन सयको सहभागीता थियो ।
महिलामाथि भएका हिंसा, बलात्कारको घटनाले राष्ट्रलाई नै कलंकित बनाएको भन्दै महिलामैत्री राज्यको स्थापना गर्न सञ्जालले माग गरेको छ । साथै, महिलाको सुरक्षाको प्रत्याभुति, पीडितलाई न्याय, क्षतिपूर्ति दिलाउनुपर्ने र दोषीलाई कडा सजाय दिन पनि ज्ञापनपत्र मार्फत सञ्जालले माग गरेको छ । भानुचौकमा आयोजित सभाका वक्ताहरुले पनि महिला हिंसा एवं बलात्कारका दोषीलाई कडा सजायको माग गरेका थिए । अधिकांशले कानुनमा बलात्कारीलाई फासीको सजाय दिने व्यवस्था माग गरेका थिए ।






Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे