बजाजको डिस्कभर १५० मोडलका नयाँ बाइक धरानमा

धरान । धरान ८ बरगाछीस्थित अर्बिन एण्ड ब्रदर्श अटोले बजाज कम्पनीले उत्पादन गरेको डिस्कभर १५० को दुई नयाँ मोडलका मोटरसाइकलको बिक्री शुरु गरेको छ । अटोले मंगलबार हाफ फेरिङ भएको डिस्कभर १५० एफ  र स्ट्याण्डर्ड फेरिङ भएको डिस्कभर १५० एस मोडलका मोटरसाइकलको बिक्री प्रारम्भ गरेको हो ।
नयाँ बाइकले ७२ किलोमिटर प्रतिलिटर माइलेज दिने भएकोले ग्राहकलाई किफायती हुने र दैनिक जिवनमा रोमाञ्चक यात्राको अनुभव गराउने अर्बिनका सञ्चालक अर्विन तामाङले बताए । ‘यसमा रहेको एड्भान्स ४ भल्व,  १५० सिसि डिटियस आई इञ्जिनले दिने १४.५ पिएस पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चक यात्रा बनाउछ’–उनले भने ।
नयाँ डिस्कभर उत्कृष्ट पावर र माइलेजको अतुलनिय समायोजन भएको बिक्रेताको दाबी छ । बाइकको नाइट्रोक्सन सस्पेन्सन भएको मोनो शकले आरामदायी यात्रा गराउने, पेटल डिस्क ब्रेकले सुरक्षित ब्रेकिङ, वाइड ट्युबलेस टायरहरुले राम्रो रोडग्रीप र सुरक्षा गराउने बिक्रेताले जनाएको छ । दुवै डिस्कभर १५० डार्क ब्लु, वाइन रेड, इबोनी ब्ल्याक र डार्क वोटल ग्रिन रंगमा उपलब्ध छ ।
सिमित अवधिको लागि डिस्कभर १५० एफको मुल्य एक लाख ९७ हजार ९ सय र डिस्कभर १५० एसको मुल्य एक लाख ९० हजार ९ सय रुपैया रहेको अर्बिन एण्ड ब्रर्दशले जनाएको छ । प्रोपाइटर लक्ष्मण तामाङका अनुसार मोटरसाइकलको मुल्यमा नै एक सातासम्म ग्राहकलाई हेल्मेट, लेग गार्ड र १० लिटर पेट्रोल दिइनेछ भने १० दिन पछि नयाँ बर्षको स्किम पनि सञ्चालन हुनेछ । लञ्च भएको दिनमा नै १५ वटा मोटरसाइकल बुकिङ भएको बिक्रेताले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे