बाह्र वटा वडामा सामाजिक परिचालकको छनौट वदर


धरान । सामाजिक परिचालक छनौटमा त्रुटी देखिएको भन्दै धरान उपमहानगरपालिकाले विवादित एवं उजुरी परेको वडाहरुको नतिजा वदर गरेर पुनः छनौट प्रक्रिया अघिबढाउन निर्देशन दिएको छ । छनौटको जिम्मा पाएका तीन वटा सेवा प्रदायक संस्थाहरुलाई पत्रमार्फत उपमहानगरपालिकाले सामाजिक परिचालन कार्यविधि २०७१ मा तोकिए वमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी पुनः सामाजिक परिचालक छनौट प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
सेवा प्रदायक संस्थाहरु नगरपालिकाको निर्देशनपछि छनौट परीक्षाको नजितासमेत प्रकाशित भइसकेको २१ वडा मध्ये ९ वटा वडाको मात्रै सदर भएको छ । बाँकी १२ वटा वडामा पुनः सुचना आह्वान गर्दै नयाँ नियुक्ती प्रक्रिया शुरु हुने भएको छ । ‘सामाजिक परिचालक छनौटको क्रममा केही वडामा प्रक्रियागत त्रुटी रहेको पाइयो, त्यसैले ती वडामा परीक्षाको नतिजा वदर गरेर नयाँ प्रक्रियाबाट अघिबढाउन पत्र पठाइसकेका छौं ’–उपमहानगरपालिकाका वातावण तथा सरसफाई शाखा अधिकृत शिशिर श्रेष्ठले भने ।
सेवा प्रदायक संस्थाले गत फागुन ३ गते एकै दिन लिखित र मौखिक परीक्षा लिएको थियो । फागुन २६ गते नतिजा प्रकाशित भएकै भोलीपल्ट परीक्षार्थीहरुले उपमहानगरपालिकामा उजुरी दिएका थिए । उपमहानगरले तीन वटै संस्थासँग लिखित जवाफ माग गरेको थियो । ती संस्थाको प्रतिवेदन चैत ९ गते सामाजिक परिचालन समन्वय समितिको बैठकमा पेश भएको थियो । सो वैठकले लिखित र मौखिक परीक्षा एकैदिन सञ्चालन गर्ने विधि सम्बन्धमा छनौट समितिले पूर्वनिर्णय गरेको नपाइएको, न्युनतम योग्यता नपुगेका आवेदकहरुलाईसमेत समयाभावको कारण देखाई परीक्षामा समेल गराएको लगायत त्रुटी देखिएको भन्दै उजुरी परेका वडाको नजिता वदर गरी नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको थियो ।
धरानमा सामाजिक समाज उत्थान केन्द्र(सिएसडिसी), युवा दृष्टि समाज र मानव विकास तथा वातावरण संरक्षण मञ्च(हुडेप नेपाल) सेवा प्रदायक संस्थाकोरुपमा छनौट भएको थियो । यी मध्ये युवा दृष्टि समाजले सेवा प्रदायक संस्थाकोरुपमा काम गर्न पाउने मापदण्ड नभएपछि अर्को गैरसरकारी संस्थासँग सम्झौता गरेर कागजपत्र पेश गरेको थियो । नजिता वदर भएको वडामा वडा नम्बर ६, ७ र १८ मा सिएसडिसीले छनौट गरेको थियो भने ४, १०, १२, २४ र २५ मा हुडेपले छनौट गरेको थियो । यस्तै, ३, १४, २२ र २३ वडामा युवा दृष्टिले छनौट गरेको थियो । धरानका कुल २७ वडा मध्ये २१ वटा वडामा सामाजिक परिचालक पदमा नियुक्ती प्रक्रिया थालिएको थियो ।
असन्तुष्ट परीक्षार्थीहरुले परीक्षा लिनुअघि योग्यता पुगे नपुगेको भनेर कागजपत्र जाँचसमेत नगरी परीक्षामा समेल गराइएको, एकै दिन मौखिक र लिखित परीक्षा लिएकोजस्ता उजुरीमा समावेश गरेका थिए । उम्मेदवार विवाहित महिला वा एकल महिला हुनुपर्ने र त्यो नहुदा मात्रै अन्यले अवसर पाउने विज्ञापन आह्वान गर्दा उल्लेख थियो । यस्तै, सम्बन्धित वार्डको हुनैपर्ने, प्लस टु उर्तीर्ण हुनुपर्ने वा एसएलसी पास गरेकाले सिटिइभिटीबाट मान्यताप्राप्त संस्थाबाट एक बर्ष सामाजिक परिचालक तालिम लिएको हुनपर्ने उल्लेख थियो । यस्तै, सिमान्तकृत, पिछडिएका समुदाय, दलित, जनजाति र अनुभवीलाई ग्रहयता दिइने भनिएको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे