चतरामा मितेरी बैंकको शाखा

धरान । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरीको बहराक्षेत्र गाविसस्थित चतरामा पनि शाखा विस्तार गरेको छ । बैंकले सोमबार चतरामा आफ्नो १० औं शाखा विस्तार गर्दै कारोबार शुरुवात गरेको हो । केन्द्रीय कार्यालय धरान रहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त बैंक हो ।
एक बिषेश समारोहबीच जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले रिबन काटेर चतरास्थित शाखाको उद्घाटन गरेका थिए । कुनै पनि बैंकको उपस्थिति नभएको चतरामा मितेरीले शाखा स्थापना गरेपछि स्थानीय एवं व्यापारी, व्यावसायीहरुले प्रत्यक्ष लाभ पुग्ने भन्दै खुशी व्यक्त गरेका छन् । बैंकिङ कारोबार गर्न धरान, इटहरी वा इनरुवा पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको स्थानीयबासीले बताएका छन् । यसअघि चतरामा नेपाल बैंक लिमिटेडको शाखा रहेपनि द्धन्दकालमा सुरक्षाको कारण देखाउदै हटेपछि कुनै पनि बैंक आएको थिएन ।
बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) तुलसीप्रसाद वस्तीले चतरावासीको आवश्यकता अनुसार पैसा सुरक्षित राखिदिन शाखा विस्तार गरेको बताए । बंैकले सकेसम्म सर्वसुलभ तथा सरल कर्जामा सेवा उपलब्ध गराउने उनको भनाई थियो । ज्येष्ठ नागरिकलाई मासिक ब्याज भुक्तानी गर्ने गरि मुद्दती खाता रहेको जानकारी दिदै उनले लगानी उठ्नसक्ने ग्यारेष्टी स्थानीयबाट आएमा विना धितो कर्जा दिन बैंक तयार रहेको पनि सिइओ वस्तीले आश्वासन दिए ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले चतराको आर्थिक उन्नति गराउन साथै व्यापारी, व्यावसायीको कारोबारलाई मितेरीको शाखा विस्तारले सहज बनाउन बताए । सामुदायिक सहकारी चतराका प्रबन्धक बाबुराम दाहालले बैंकको आवश्यकता भएको उल्लेख गर्दै स्थानीयको सहयोग र अन्य वित्तिय संस्थाको सहकार्य विना टिक्न गाह्रो हुने बताए । पूर्व गाविस अध्यक्ष दलबहादुर पौडेलले शहकारी संस्थाबाट मात्रै कारोबार हुदै गरेको चतरामा बैंकले विकासको सम्भावना भएको क्षेत्र पहिचान गरेर लगानी गर्न आग्रह गरे । मितेरीको यसअघि, तरहरा, विराटचौक, उर्लाबारी, झुम्का, खनार, दम्राभिटा, सुरुङ्गा, रमाइलोलगायत स्थानमा शाखा विस्तार भइसकेको छ ।



Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे