सामाजिक परिचालक छनौट प्रक्रिया विवादमा,उपमहानगरपालिकामा उजुरी

धरान  । सामाजिक परिचालकको छनौट तथा नियुक्ती प्रक्रिया कार्यविधि विपरीत अपारदर्शी भएको उजुरी परेपछि धरान उपमहानगरपालिकाले छनौटको जिम्मा पाएका सेवा प्रदायक संस्थाहरुसँग लिखित जवाफ माग गरेको छ । धरानका विभिन्न वडाको लागि छनौट गरिएका महिला सामाजिक परिचालकहरुको छनौट प्रक्रिया तय गरिएको कार्यविधि विपरीत भएको भन्दै दर्जन बढी परीक्षार्थीहरुले उजुरी दिएका थिए ।
रिजल्ट प्रकाशित भइसके पनि उजुरी पछि उपमहानगरले छानबिन थालेपछि उर्तीर्ण उम्मेदवारहरुमा अन्यौल छाएको छ । धरानका कुल २७ वडा मध्ये २१ वटा वडामा सामाजिक परिचालक पदमा नियुक्ती प्रक्रिया थालिएको थियो । सामाजिक परिचालक नियुक्तीको लागि छनौट भएका सामाजिक समाज उत्थान केन्द्र(सिएसडिसी), युवा दृष्टि समाज र मानव विकास तथा वातावरण संरक्षण मञ्च(हुडेप नेपाल)लाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न सोमबार पत्र पठाएको उपमहानरपालिकाले जनाएको छ । परीक्षा लिएको २१ वटा वडा मध्ये १५ वटामा उजुरी परेको उपमहानगरले जनाएको छ ।
कार्यकारी अधिकृत टिकादत्त राईका अनुसार छनौट प्रक्रिया कार्यविधिमा भए अनुसार नभएको, विज्ञापनमा स्पष्टरुपमा स्थानीय वडाका हुनुपर्ने भएपनि त्यसविपरीत छनौट गरिएको भन्दै उजुरी परेको छ । त्यसैलाई आधार बनाएर तीन वटै सेवा प्रदायक संस्थालाई तीन दिनभित्र लिखित जवाफ पेश गर्ने गरि पत्र पठाएको उनले बताए । ‘छनौट विधि के हो ? वडा बाहिरकालाई किन छनौट गरियो ? र समग्रमा के भएको हो ? भनेर तिन वटै संस्थालाई पत्र पठाएका छौं’–कार्यकारी अधिकृत राईले भने–‘जवाफ आएपछि अध्ययन गरेर पुर्नविचार गछौं ।’ उपमहानगरले लिखित र मौखिक परीक्षा एकै दिन किन लिएको ? विज्ञापनमा भनिएवमोजिम स्थानीय वडाबासी उम्मेदवारलाई किन छनौट नगरेको ? र अनुवभी, विपन्न, एकल महिलालाई किन अवसर नदिएको ? भन्दै तीन वटा बुँदामा ती सेवा प्रदायक संस्थासँग लिखित जवाफ माग गरेको छ ।
तीन वटा संस्थाले गत फागुन ६ गते एकै दिन लिखित र मौखिक परीक्षा लिएका थिए । उक्त परीक्षाको रिजल्ट फागुन २६ गते प्रकाशित भएकै भोलिपल्ट असन्तुष्ट परीक्षार्थीहरुले उपमहानगरपालिकामा उजुरी दिएका थिए । लिखित परीक्षामा उर्तीण भएकालाई मात्रै मौखिक परीक्षामा सामेल गराउनुपर्ने सामान्य मान्यता विपरीत एकै दिन दुवै परीक्षा लिएको असन्तुष्ट परीक्षार्थीहरुको भनाई छ । परीक्षामा एक सय २८ जना परीक्षार्थी सहभागी थिए । २१ वटा वडामध्ये सिएसडिसीले वडा ६, ७, ८, ९, १८, १९ र २७ मा छनौट गरेको थियो भने युवा दृष्टिले १, २, ३, १४, २१, २२ र २३ मा छनौट गरेको थियो । यस्तै, हुडेपले वडा ४, ५, १०, १२, १६, २४ र २५ मा छनौट गरेको थियो । छनौट समितिमा सेवा प्रदायक संस्था भनिएका एनजिओ र सम्बन्धित वडाका सचिव थिए ।
स्रोतका अनुसार परीक्षा लिनुअघि योग्यता पुगे नपुगेको भनेर कागजपत्र जाँचसमेत नगरी योग्यता नपुगेकालाईसमेत परीक्षामा समेल गराइएको थियो । उम्मेदवार विवाहित महिला वा एकल महिला हुनुपर्ने र त्यो नहुदा मात्रै अन्यले अवसर पाउने विज्ञापन आह्वान गर्दा उल्लेख थियो । यस्तै, सम्बन्धित वार्डको हुनैपर्ने, प्लस टु उर्तीर्ण हुनुपर्ने वा एसएलसी पास गरेकाले सिटिइभिटीबाट मान्यताप्राप्त संस्थाबाट एक बर्ष सामाजिक परिचालक तालिम लिएको हुनपर्ने उल्लेख थियो । यस्तै, सिमान्तकृत, पिछडिएका समुदाय, दलित, जनजाति र अनुभवीलाई ग्रहयता दिइने भनिए पनि छनौट गरिदा व्यवहारमा लागु नभएको स्रोतको भनाई छ । ‘लिखितमा पास भएकालाई मात्रै मौखिक परीक्षामा समेल गराइनुपर्ने हो, तर एकै दिन दुवै परीक्षा गराइएको छ । सम्बन्धित वडाको बासिन्दा हुनुपर्ने भनिएपनि छनौट भएका कतिपय बाहिरका छन् ।’–स्रोतले भन्यो–‘उर्तीण भएकामा एक जना पनि दलितको नाम छैन, बैकल्पिकमा राखिएको छ ।’
छनौटको जिम्मा पाएको मध्ये ह्ुडेपका अध्यक्ष डिल्ली कार्कीले भने पारदर्शीरुपमा छनौट भएको दाबी गर्दै केही राजनीतिक दलको चाहना वमोजिम भागवण्डा गर्न नमानेपछि विवाद झिकेको आरोप लगाए । यद्यपी उनले आफ्नो संस्थाले छनौट गरेको वडामा भने कुनै विवाद नभएको दाबीसमेत गरे । ‘केही पार्टीले भागवण्डा गर्नुपर्छ भनेको थियो, हामीले त्यसो गर्न नमानेपछि विवाद झिकिएको हो’–कार्कीले भने–‘गाउँतिरबाट आउन जान समस्या हुन्छ भनेर एकै दिन लिखित र मौखिक परीक्षा लिएका हौं, जसले बढी नम्बर ल्याएका छन्, उही उम्मेद्वारलाई सफल बनाएका छौं । आवश्यक परेमा कपी जाँच गर्दा पनि हुन्छ ।’


Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे