एनएमबी बैंकद्धारा स्टिल दराज सहयोग

धरान । एनएमबि बैंकको धरानस्थित शाखा कार्यालयले १९ औं बार्षिकोत्सवको अवसरमा गरिबका छोराछोरीको शिक्षामा सहयोग गर्दै आइरहेको एक संस्थालाई भौतिक सहयोग गरेको छ । बैंकको शाखाले धरान ८ स्थित निःसहाय सहयोग परिषदलाई बिहिबार दुई थान स्टिल दराज सहयोगस्वरुप प्रदान गरेको हो ।
सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकले परिषदलाई भौतिक सहयोग गरेको बैंकका शाखा प्रमुख मोहन तिम्सिनाले जानकारी दिए । परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा शाखा प्रमुख तिम्सिनाले परिषदका अध्यक्ष खड्गबहादुर सेन्च्युरीलाई दराजको चाबी प्रदान गरेका थिए । तत्कालीन राजपरिषद सदस्य चक्रबहादुर शंकरको पहलमा ०५० सालमा परिषद स्थापना भएको थियो ।
परिषदले गरिब तथा विपन्न परिवारका बालबालिकालाई निजी बोर्डिङ स्कुलहरुलाई कोटा मागेर गुणस्तरीय शिक्षा दिलाउन सहयोग गर्दै आइरहेको छ । परिषदको कार्यबाट प्रभावित भएर नै बार्षिकोत्सवको अवसरमा सहयोग गरेको बैंकले जनाएको छ । ‘दुई छाक टार्न गाह्रो भइरहेका परिवारका छोराछोरीलाई परिषदले राम्रो स्कुलमा पढाइरहेको रहेछ, यस्तो संस्थालाई सहयोग गर्न पाउदा खुशी छौ । भविष्यमा पनि निरन्तरता दिन्छौं’–उनले भने ।
परिषदका अध्यक्ष सेन्च्युरीका अनुसार हालसम्म सय भन्दा बढी विपन्न परिवारका छोराछोरीलाई विद्यालयस्तरमा अध्ययापन गराइसकेको छ । केहीलाई उच्च शिक्षा अध्ययनमा पनि सहयोग गरिएको उनले बताए । बैंकले नाफा कमाउने मात्रै नभई समाजप्रति पनि उत्तरदायी छन् भन्ने उदाहरण एनएमबी बैंकले प्रस्तुत गरेको विश्वकर्मा कल्याण समाज धरानका अध्यक्ष लालबहादुर सेन्च्युरीले बताए । कार्यक्रममा सत्य शिशु निकेतनका प्रिन्सिपल शैलेन्द्र अधिकारी, पत्रकार महासंघका सदस्य उपेन्द्र चाम्लिङले पनि मन्तव्य दिएका थिए ।



Comments

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे