जोखिमपुर्ण काम गर्दा अपनाउनुपर्ने सुरक्षाबारे तालिम


धरान । जोखिमपुर्ण श्रममा काम कार्यरत निर्माण कर्मचारी एवं मजदुरहरुलाई सुरक्षित गराउने उद्देश्यले मंगलबारदेखि धरानमा आधारभुत सुरक्षाबारे चेतनामुलक तालिम शुरु भएको छ । धरान उपमहानगरपालिकास्थित लर्निङ सेन्टरमा एक सातासम्म चल्ने तालिममा प्लस टु उर्तीण विद्यार्थी र निर्माण व्यावसायी सहभागी छन् ।
तालिमका सहभागीलाई भविष्यमा सुरक्षा अफिसरकोरुपमा करिअर अघि बढाउन मद्दत पुग्ने आयोजकको भनाई छ । वैदेशिक रोजगारीमा गएका अधिकांश नेपालीहरु जोखिमपुर्ण निर्माण कार्यमा कार्यरत भएपनि सुरक्षाबारे ज्ञान नहुदा ज्यान गुमाउने खतरा भएकोले कतारस्थित धराने युवाहरुको संस्थाको पहलमा तालिम आयोजना गरेको हो । ‘विदेशमा सिकेको सुरक्षाबारे ज्ञान आफ्नै देशमा बाँड्न चाहन्छौं, यसले जोखिमपुर्ण काममा जादा ज्यान सुरक्षित हुन्छ । भविष्यमा सुरक्षा अफिसरकोरुपमा करिअर पनि बढाउन सजिलो हुन्छ’–आयोजक संस्था धराने आउटअफ धरान कतारका अध्यक्ष गगन नेपालीले भने ।
उनका अनुसार एक सातासम्म ३० घण्टा तालिम हुनेछ । यो तालिम सुरक्षाबारे विश्वव्यापीरुपमा प्रयोगमा आइरहेको ओशो भन्ने संस्थाले तयार गरेको कोर्षमा आधारित हुनेछ । यसको शुरुवात अमेरिकाबाट भएको थियो । ‘काम गर्दा के खतरा आउछ ? त्यसबाट कसरी बच्ने साधान, उपकरण केके छन् र कसरी प्रयोग गर्ने भनेर ज्ञान दिलाइन्छ’–अध्यक्ष नेपालीले भने । उनका अनुसार विदेशतिर निर्माण कार्य भइरहेको स्थानमा सुरक्षा अफिसर हुन्छन् र उसले कामदारले सुरक्षा अपनाएको छ छैन भनेर अनुगमन गर्ने गर्छन् ।
वैदेशिक रोजगारीमा गएका मध्ये केहीले काम सिकेर गए पनि नेपालीहरुले जोखिमपुर्ण काम गर्दा आफु कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकेको हुदैन । जसले गर्दा उनीहरुको ज्यान पनि सधै जोखिममा हुन्छ । ‘निर्माण क्षेत्रका निर्माणकर्मीहरुलाई ज्ञानको अभावले ज्यान सधै जोखिममा हुन्छ, यो तालिम उनीहरुको लागि ज्यादै उपयोगी हुने आशा छ’–तालिम उद्घाटन गर्दै धरानका कार्यकारी अधिकृत टिकादत्त राईले भने । धरान उपमहानगरका समाज विकास अधिकृत सुनिल नेपालले भुकम्प, आगलागीलगायत दैवी तथा प्राकृतिक प्रकोपमा खटिने उद्दारकर्मीहरुलाई पनि आफु बच्ने उपाय आवश्यक रहेकोले तालिम फलदायी हुने बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे