दोस्रो पुरानो बजार साँझ सम्पन्न(फोटोफिचर)


धरान । विकास निर्माणमा जनसहभागिता र कला सँस्कृतिले धरान जति चर्चा छ, लागुऔषधको कारोबार र युवाहरु दुव्र्यसनमा फसेको कारणले उतिकै वदनाम पनि छ । तर, यही शहरका युवाहरु यो वदनामीको दागलाई मेटाउन हरसम्भव प्रयास पनि गरिनै रहेका छन् ।
दुव्र्यसनमा फस्ने किसोरकिसोरी र युवा पुस्तालाई लक्षित गरेर बुधबार साँझ धरानमा एक सांगीतिक कार्यक्रम आयोजना भयो, जसको नारा थियो ‘से नो टु ड्रग्स, एस टु म्युजिक’ । धरानडट भाइब्सले आयोजना गरेको दोस्रो पुरानो बजार साँझमा गायक,गायिकाहरुले युवा पुस्तालाई सांगीतिक प्रस्तुतीले मनोरञ्जनसँगै लागुपदार्थबाट टाढै रहन सचेत पनि गराईरहे । कार्यक्रमका आयोजकले लागुपदार्थ तथा दुव्र्यसनको कारणले मृत्यु अंगाल्न पुगेका युवाहरुलाई सर्मपण गरेर सांगीतिक साँझ आयोजना गरिएको जनाएको छ । स्टेजको ब्यानरमा मृत्यु अंगाल्न पुगेका युवाहरुको नामसमेत लेखिएको थियो ।


कार्यक्रममा धरानबाट सांगीतिक करियर शुरु गरेका शिव लामिछाने प्रमुख आर्कषण थिए । हाल राजधानीमा कृपा डिजिटल प्रालि सञ्चालन गरिरहेका उनले रातो र चन्द्र सुर्य..बोलको गीतबाट आफ्नो प्रस्तुती थालेका थिए । त्यसपछि उनले चर्चित गीत माया लाएर भुल गरेछु..., हराए म.., सम्झेर त्यो पुरानो मायालाई..,तिमी मरेर गए पनि.., चन्द्र र सुर्य भएसम्म..लगायतका गीत गाएर धरानेहरुलाई भरपुर मनोरञ्जन दिलाए ।


अन्तिम प्रस्तुतीकोरुपमा गायक लामिछाने स्टेजमा आउन अघि नै अन्य ब्याण्ड तथा कलाकारहरुले माहौल भने तताईसकेका थिए । उनी अघि द वाकिङ क्लाउड्सका मनोज मोतेले टाढा जाने प्रियसी..र आइ वान्ट टु मेक फ्रि..बोलको गीत गाएका थिए । यस्तै, पूर्वाञ्चलकै चर्चित ब्याण्ड द आउट साइडर्सका डिल्ली फोम्बो र प्रशान्त शर्माले पनि नयाँ पुराना चर्चित गीतहरु गाएर धरानेहरुको मन फेरि पनि जिते । उनीहरुले सानो कुरा मनमा लिई, कलिलो तामालाई, आउछु भनेर, मायाको त भाषा हुदैन, मलाई उड्न देऊ, म ठिटो नेपाली..जस्ता माया प्रिति र देशभक्तिको गीत गाएका थिए । यस्तै, राजधानीबाट आएकी गायिका सुष्मा सिंह, शान्तिपथ ब्रदर्सका सन्देश तामाङले पनि गाएका थिए भने मुनलाइट डान्स सेन्टरका कलाकारहरुको हट नृत्य प्रस्तुतीले माहौल तताएको थियो ।
 










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे