नेपालका मुश्लिमहरु देशभक्तः माधव नेपाल

‘नेपाली मुश्लिमहरुी विदेशमा म नेपाली मुस्लिम हुँ भनेर गर्व गर्छन्, उनीहरुको त्यो देशभक्तिको भावनालाई हामीले सम्मान गर्नुपर्छ’–नेता नेपालले भने–‘मेरो शिशु अवस्था पनि मुश्लिम आमाको काखमा नै हुर्किएको हो, त्यसैले मुश्लिमप्रति मेरो सधै सम्मान भाव रहन्छ, म उहाँहरुप्रति सधै चिन्तित हुन्छुँ ।’ राष्ट्रिय सभाका पूर्वअध्यक्ष मोहम्मद मोहसिनको स्मरण गर्दै नेता नेपालले उनी राजतन्त्रवादी भए पनि देशभक्त र विद्धान नेपाली भएकोले आफुले सधै सम्मान गरेको बताए ।

नेता नेपालले संघीय राज्य, शासकीय स्वरुप निर्धारण,निर्वाचन प्रणालीलगायत बिषयमा निर्णय गर्दा राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव जोगाउन केन्द्रीत हुने पनि बताए । नेपाली समाजमा मिलेर बस्ने प्रवृत्ति हुर्काउन तथा शान्तिपुर्ण वातावरण सुनिश्चित गर्न सबैले पहल गर्नुपर्ने पनि उनले बताए । ‘नेपाल राष्ट्रको एकता, सामाजिक सद्भावको सवालमा हामी पछि हट्दैनौं’–उनले भने ।
सोही कार्यक्रममा समाजसेवी वसिद अहमद खान, परवेज आलम, सागिर अलि, मुर्तजा अलि, खेस मुसद अलिलाई नेता नेपालले सम्मानपत्र प्रदान गरेका थिए । यस्तै, युवा प्रोत्साहनतर्फ अफाक अहमद, फिराज अलि, महमद जफिर, चिकित्सातर्फ डा.खालिद हुसैन र डा.अबिर अबिबा, शिक्षासेवी इमाम इकबाल अहमदलाई सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरि, सर्वज्येष्ठ नागरिक ८८ बर्षीय मोहम्मद हविब, हाजिहरु यार महम्मद, नरुल हक, नौसाद आलम, डा.खालिद हुसैन, मोसिन लारीलगायतलाई सम्मान गरिएको थियो ।
Comments
Post a Comment