पूर्नस्थापना गृहलाई युवा संघको सहयोग


धरान । युवा संघ नेपालको केन्द्रीय आर्थिक विभागले धरान ४ स्थित पूर्नस्थापना गृहलाई ११ हजार रुपैया आर्थिक सहयोग गरेको छ । विभागले बुधबार गृहमा आयोजना गरेको एक कार्यक्रममा उद्योग मन्त्री एवं संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतले सो नगद गृहका प्रमुख भिम राईलाई हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा मन्त्री बस्नेतले गृहमा रहेका असहाय एवं अशक्त बालबालिका, वृद्धवृद्धाहरुलाई फलफुलसमेत वितरण गरेका थिए ।
गृह प्रमुख राईले दाताहरुको सहयोगबाट गृह सञ्चालन भइरहेको खुलाउदै मन्त्री बस्नेत समक्ष सहयोगको माग गरेका थिए । व्यवस्थित भवन र नियमित स्रोतको अभावमा गृहका बृद्ध एवं बालबालिकाहरुलाई समस्या हुदै आएको छ । मन्त्री बस्नेतले बालबालिकाहरुलाई सिप विकासमा सहयोग गर्ने वचन दिदै स्थानीय नेताहरुसँग समन्वय गर्न आग्रह गरेका थिए ।

             प्रत्येक निर्वाचन क्षेत्रमा घरेलु ग्राम


उद्योग मन्त्री महेश बस्नेतले मुलुकमा औधोगिक विकासको लागि स्थानीयस्तरको उत्पादनलाई प्रोत्साहन एवं प्रर्वद्धन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा घरेलु तथा हस्तकला ग्राम स्थापना गर्ने मन्त्रालयको योजना बताएका छन् ।मन्त्रालयद्धारा तेह्रथुममा सञ्चालित लघु उद्यम विकास कार्यक्रम निरीक्षण गर्न जाने क्रममा बुधबार धरानमा एक कार्यक्रममा सरिक हुदै मन्त्री बस्नेतले ग्राम स्थापना गर्न नेपाल सरकारको पनि पुर्ण सहयोग रहने खुलाए । आफ्नो निर्वाचन क्षेत्रमा ग्राम स्थापना गर्न सभासदहरुलाई उपलब्ध हुने एक करोड रुपैया खर्च हुनुपर्ने मन्त्री बस्नेतको भनाई थियो । नेपालमा ०४५ साल यता औद्योगिक क्षेत्र स्थापना नभएको भन्दै उनले निर्वाचन क्षेत्रमा ग्रामको अवधारणाले औद्योगिक विकाससँगै हजारौं युवाहरुलाई रोजगारी प्राप्त हुने पनि बताए ।
‘एउटा निर्वाचन क्षेत्रमा औद्योगिक क्षेत्र, घरेलु ग्राम वा हस्ताकला ग्रामको विकास गर्नुपर्छ, जहाँ घरेलु वा स्थानीय उत्पादन र प्रर्वद्धन हुन्छ । यसले उत्पादनलाई बजारीकरण गर्न धेरै सहज बनाउछ’–ग्रामको अवधारणाबारे मन्त्री बस्नेतले भने–‘सरकारले निश्चित क्षेत्र तोकिदिन्छ र बाटो, खानेपानी, विजुलीलगायत आधारभुत आवश्यकता पनि उपलब्ध गराइदिन्छ । सभासदहरुले पनि आफुले पाउने एक करोड यहाँ लगानी गर्नुपर्छ ।’ यो अवधारणालाई सार्वजनिक निजी साझेदारीअन्र्तगत अघि बढाउन चाहेको उल्लेख गर्दै मन्त्री बस्नेतले प्रत्येक निर्वाचन क्षेत्रबाट २ सय युवालाई रोजगारी मिल्ने अपैक्षा गरेको पनि बताए ।


एसएलसी परीक्षामा फेल भएका युवाहरुलाई सिप सिकाएर दक्ष जनशक्ति बनाउने र एक बर्षमा ५० हजार युवाहरुलाई छनौट गरेर रोजगारी दिलाउने मन्त्रालयको योजना रहेको मन्त्री बस्नेतले बताए । यसको लागि अर्थमन्त्रालयमा प्रस्ताव लगिसकेको खुलाउदै उनले सवा अर्ब रुपैया खर्च हुने पनि जानकारी गराए । ‘युवाहरुलाई सिप दिएर दक्ष बनाउछौं, २ हजार रुपैया पनि दिन्छौ, र निजी क्षेत्रको काममा खटाउछौ । प्रत्येक हप्ता सामुदायिक काममा पनि परिचालन गछांै’–मन्त्री बस्नेतले भने–‘हामी नयाँ मोडेलको साथ अघि बढ्न खोज्दैछौं ।’
उद्योगमैत्री वातावरण बनाउन औद्योगिक व्यावसायी ऐन तत्काल लागु गर्न विद्येयक समितिमा छलफल भइरहेको पनि मन्त्री बस्नेतले बताए । यसको लागि आयकर, भ्याटमा छुट दिने, घरेलु तथा ग्रामिण उद्योग दर्तामा छुट दिने वा ५ बर्षसम्म आयकर छुट पाउनेबारे पनि पहल भइरहेको उनले बताए । एउटा व्यावसाय दर्ता गर्न धेरै वटा ऐन, नियम हेर्नुपर्ने र १० वटा मन्त्रालय धाउनुपर्ने प्रथालाई अन्त्य गरी एउटै ढोकाबाट छिर्न सक्ने गरि ऐन निर्माणको पहल गरिरहेको पनि उनले बताए । ‘बन्द उद्योग सञ्चालन गर्नुपर्छ र निजीकरण हुनुपर्छ भन्नेमा छौं,तर सामाजिक उत्तरदायित्व विनाको निजीकरणको पक्षमा भने छैनौं’–मन्त्री बस्नेतले भने–‘सरकारले ५१ प्रतिशत सेयर हुनैपर्छ र सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ ।’


उद्योगी, व्यावसायीहरुलाई आफ्नो कम्पनी दर्ता एवं नवीकरण गर्न राजधानी नै पुग्न नपरोस् भनेर प्रत्येक विकास क्षेत्रमा नै कम्पनी रजिष्ट्रार कार्यालको शाखा कार्यालय क्षेत्रीयस्तरमा खोल्ने मन्त्रालयले निर्णय गरिसकेको मन्त्री बस्नेतले बताए । उक्त निर्णयलाई कार्यान्वयन गर्न बिहिबार विराटनगरमा शाखा कार्यालयको उद्घाटन हुने पनि जानकारी दिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे