बास्केटवल संघको दशैं शुभकामना(फोटोफिचर)



धरान । दशैंपछि नेपालीहरुको चाड तिहार र छठको अवसरमा आइतबार जिल्ला बास्केटवल संघ सुनसरीले पत्रकारहरुसँग मैत्रीपुर्ण बास्केटवल खेलसँगै शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो ।
संघको आयोजनामा धरान १४ स्थित केन्द्री प्रविधि क्याम्पस, हात्तिसारको बास्केटवल कोर्टमा मैत्रीपुर्ण खेल भएको थियो । उक्त खेलमा पत्रकारको टोलीले आयोजक संघलाई ६२–५५ स्कोरमा हराएको थियो । खेलपछि संघकोतर्फबाट उपाध्यक्ष कृष्ण राईले पत्रकार टोलीलाई मायाको चिनो प्रदान गरेका थिए । पत्रकारकोतर्फबाट नेपाल पत्रकार महासंघका पार्षद एवं पूर्वकेन्द्रीय उपाध्यक्ष किसोरकुमार कार्कीले मायाको चिनो ग्रहण गरेका थिए ।

त्यसपछि, संघको आयोजनामा हुक्पा चोङबाङ रिसोर्टमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना भयो । कार्यक्रममा नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य सुरज लामाले भाईचारामको सम्बन्ध विकास गर्न पत्रकार र संघबीच मैत्रीपुर्ण खेललाई निरन्तरता दिइने बताए । यस्तै, पत्रकारका तर्फबाट बोल्दै किसोकुमार कार्कीले खेलले मित्रता एवं सम्बन्धलाई प्रगाढ बनाउने भन्दै हिजोआज पत्रकारहरु पनि खेलकुदमा लागेको बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे