धरानका तिलक राईलाई एमेच्योर गल्फको उपाधि(फोटोफिचर)


धरान । तेस्रो सुनसरी टेक्निकल कलेज गल्फ एमेच्योर ओपन प्रतियोगिताको उपाधि धरानका तिलक राईले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा बुधबार सम्पन्न प्रतियोगितामा नेट ३ अण्डर ६७ स्कोर गर्दै राईले उपाधि जितेका हुन् । स्ट्रोक प्लेको आधारमा भएको प्रतियोगितामा नेट २ अण्डर ६८ स्कोर गरेका नविन सुनुवार(पिटर कतिचा) उपविजेता भए ।
खेलमा विजेता राईले फ्रन्ट नाईनमा एक ओभर ३६ को कार्ड बनाएका थिए भने ब्याक नाईनमा ४ ओभर ३९ को कार्ड बनाउदै कुल ७५ स्कोर गरेका थिए । एमेच्योरतर्फ ८ ह्ण्याण्डी क्याप खेलाडी रहेका उनी विजेता बनेसँगै एक ह्याण्डीक्याप घटेको छ । यस्तै, उपविजेता रहेका सुनुवारले फ्रन्ट नाईनमा १० ओभर ४५ को कार्ड बनाएका थिए भने ब्याक नाईनमा ११ ओभर ४६ को कार्ड बनाउदै कुल ९१ स्कोर गरेका थिए । एमेच्योरका २३ ह्याण्डी क्याप खेलाडी रहेका सुनुवारको पनि एक ह्याण्डीक्याप घटेको छ । उपाधि विजेता राईले ट्रफीसँगै गल्फ ब्यागसमेत पुरस्कार पाए ।


यस्तै, प्रतियोगितामा महिलातर्फ नेट ४ अण्डर ६६ स्कोर गर्दै नोर्किन पाख्रिन विजेता बनिन् । खेलमा उनले फ्रन्ट नाईनमा ११ ओभर ४६ र ब्याक नाईनमा ९ ओभर ४४ को कार्ड बनाउदै कुल ९० स्कोर खेलिन् । उनी एमेच्योरतर्फ २४ ह्याण्डीक्याप खेलाडी हुन् । यस्तै, महिलातर्फ दक्षिण कोरियाकी खेलाडी लि आई.के. नेट लेभर पार ७० खेल्दै उपविजेता बनिन् । यसैगरि, प्रतियोगितामा बेष्ट ग्रोसको उपाधि शुन्य ह्याण्डीक्याप खेलाडी बविन्द्र राईले जिते । उनले फ्रन्ट नाईनमा लेभर पार र ब्याक नाईनमा २ ओभर ३७ को कार्ड खेल्दै समग्रमा २ ओभर ७२ को स्कोर खेलेका थिए । वेष्ट ग्रोसतर्फ फ्रन्ट नाईनमा १ ओभर ३६ र ब्याक नाइनमा ३ ओभर ३८ कार्ड खलेका सन्तोष लिम्बू उपविजेता भए ।


प्रतियोगितामा जुनियरतर्फ १२ बर्षीय रितेश तामाङ्गले उदयीमान खेलाडीको पुरस्कार हात पारे । यस्तै, लङ्गेष्ट ड्राइभको पुरस्कार बुद्धिमान सुनुवारले हात पारे भने नियरेष्ट टु दि पिनको पुरस्कार हरिबहादुर राईले पाए । मोष्ट बर्डीको पुरस्कार पुर्ण लिम्बू र बुगिको पुरस्कार विजय राईले थापे । सुनसरी टेक्निकल कलेजको मुख्य प्रायोजन र धरान गल्फ क्लबले आयोजना गरेको प्रतियोगितामा २ कोरियालीसहित २८ जना एमेच्योर खेलाडी सहभागी थिए । ती मध्ये ५ जना महिला खेलाडी थिइन् । विजेता खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष पुर्ण लिम्बू, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी ज्ञानबिक्रम शाह, जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.राई, प्रायोजक कलेजका अध्यक्ष लेखिराज सुब्बा, निर्देशक मिलन साम्सोहाङ्ग प्रशासन अधिकृत दधिराम आचार्य, व्यावसायिक गल्फर देउराज पाख्रिन, मणि राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
एसएसपी शाहले प्रतियोगिता निरन्तरताको कामना गर्दै खेलकुदले स्वास्थ्य रहन पनि मद्दत गर्ने भएकोले पुरस्कार नपाउदैमा हरेश नखान खेलाडीहरुलाई सुझाव दिए । प्रायोजक कलेजका अध्यक्ष सुब्बाले पाँच बर्षे सम्झौता वमोजिम प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिइने र अन्य संघसंस्थाले पनि गल्फ खेलको विकास तथा प्रर्वद्धनमा चासो दिनुपर्ने धारणा राखे । प्रतियोगिता सञ्चालनको लागि धरान गल्फ क्लब र सुनसरी टेक्निकल कलेजबीच तीन बर्षअघि पाँच बर्षे सम्झौता भएको थियो । सम्झौता वमोजिम पाँच बर्षसम्म प्रतियोगिता सञ्चालन गर्न कलेजले बर्षेनी ५० हजार रुपैया उपलब्ध गराउनेछ ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे