हङकङमा पानीपुरी र चटपटे बेचेर बाल गृहलाई सहयोग


धरान । हङकङमा बसोबास गरिरहेका धराने युवाहरुले पानीपुरी र चटपटे बिक्रीसँगै आर्थिक सहयोग जुटाएर धरान ११ मा रहेको बाल स्याहार गृहलाई आर्थिक सहयोग प्रदान गरेको छ । धरान युथ एशोसिएशन हङकङले संकलन गरेको एक लाख ८० हजार रुपैया आइतबार होटल आँगनमा अयाोजित एक कार्यक्रमबीच गृहलाई प्रदान गरिएको छ । 
एशोसिएशनका भूपू अध्यक्ष सुुरेश लिम्बूले उक्त रकम गृहका सञ्चालकद्धय ललित देवान र सीता देवानलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । भूपू अध्यक्ष लिम्बूका अनुसार सेप्टेम्बर २८ तारिखका दिन मंकी हिलमा धरान हङकङ मञ्चको १५ औं बार्षिकोत्सव मनाउने क्रममा सो रकम संकलन गरिएको थियो । 
बार्षिकोत्सव चलिरहदा गृहका बालबच्चाहरुको सामुहिक तस्बिरसहित प्लाष्टिकको डोनेशन बक्स राखिएको र धराने युवायुवतीहरुले पानीपुरी, चटपटे बिक्री गरेका थिए । ‘यहाँको बालबालिकाहरुलाई सहयोग पुर्याउनकै लागि डोनेशन बक्स राखेका थियौं र हाम्रा दिदीबहिनीहरुले पानीपुरी, चटपटे बिक्री गरेका थिए’–रकम हस्तान्तरण गर्दै भूपू अध्यक्ष लिम्बूले भने–‘यो रकम मंकी हिलमा भएको त्यही कार्यक्रमको क्रममा संकलन भएको हो, बालबालिकाको भविष्य उज्ज्वल बनोस् भन्ने कामना गछौं ।’ रकम संकलनमा चेली लिम्बूले संयोजककोरुपमा र अन्य युवाहरुले पनि सक्रियरुपमा योदान पुर्याएका थिए ।

धरान ११ विष्णुपादुका मार्गस्थित सर्दु खोला किनारमा रहेको बाल स्याहार गृह देवान परिवारले ०५८ सालदेखि सञ्चालनमा ल्याएका हुन् । जन्मदै फालिएको बच्चा एवं बेसहारालाई घरमा ल्याएर पाल्न शुरु गरेका देवान परिवारमा पछि टाढा टाढाका बेसहारा एवं अभिभावकविहिन हुनपुगेका बालबालिकाहरुले पनि आश्रय पाउन थाल्यो । हाल यहाँ ९ बालक र ९ जना बालिका छन् । साढे ४ बर्षदेखि १८ बर्ष पुगेका उनीहरु एलकेजीदेखि कक्षा ९ सम्म छात्रवृत्तिमा विभिन्न स्कुलमा अध्ययनरत छन् । गृहलाई विभिन्न व्यक्ति एवं सामाजिक संघसंस्थाहरुले आर्थिक, खाद्यान्न, लत्ताकपडा एवं शैक्षिक सामग्री सहयोग गरिदिने हुदा सहज भएको सञ्चालकद्धयको भनाई छ ।
हङकङबाट प्राप्त आर्थिक सहयोगलाई बालबालिकाहरु खेल्न, पढ्न र बस्नको लागि निर्माणाधिन भवन पुरा गर्न लगान गर्ने ललित देवानले बताए । ‘तल्लो तला बालबालिकाहरु खेल्न र पढ्न मिल्ने गरि बनाउछौं । त्यहाँ छोराहरुलाई सुत्न र माथिल्लो तलामा छोरीहरुलाई सुत्ने व्यवस्था पनि गछौं’–उनले भने–‘सबै खर्च पारदर्शीरुपमा हुन्छ, हामी जे जति खर्च गछौं, त्यसको हिसाब र बिलहरु सहयोगी संस्थालाई पठाइदिन्छौं ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे