मिडिया स्पोर्टिङ क्लब र आदिबासी फुटबल क्लबबीच फुटबल हुने

‘स्वास्थ्यका लागि खेलकूद’ को नारालाई आत्मसाथ गर्दै नियमित फुटबल खेल्दै आएको आएको धरान मिडिया स्पोर्टिङ क्लबसँग फुटबल खेल्न आदिबासी क्लबको टोली बिहिबार धरान आइसकेको छ । सो टोली आदिबासी विद्धान डा.कृष्ण भट्टचनको नेतृत्वमा पासाङ शेर्पासहित धरान आइपुगेको हो । दुवै क्लबबीच शुक्रबार बिहान ७ बजे धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ ।
धरानको पहिचान र पर्यटनबारेसमेत प्रचार–प्रसार गर्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरिएको मिडिया स्पोर्टिङ क्लबका अध्यक्ष जनकऋषि राईले जानकारी दिए । मैत्रीपूर्ण खेलमा धरान मिडियाको टोली किशोर कार्कीको कप्तानीमा मैदानमा उत्रिनेछ भने आदिवासी फुटबल क्लबको टोली आदिवासी विद्वान डा. कृष्ण भट्टचनको नेतृत्वमा मैदानमा उत्रनेछ ।
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक डा. भट्टचनको नेतृत्वमा धरान आएको टोलीमा आदिवासी जनजातिका विद्वान तथा अभियन्ताहरु डा. याम गुरुङ, डा. लाल राप्चा सुनुवार, पासाङ शेर्पा, संजोगलाफा मगर, अशोक थापा मगर, संगम पुलामी मगर, हितकाजी गुरुङलगायत छन् । सो टोलीमा रामप्रकाश सिंह सुनुवार, महेश श्रेष्ठ, दीपेन्द्र लिम्बू, राजन पुवार र चित्र थापा मगर (नेफिन, धरान अध्यक्ष) पनि सामेल भएर शुक्रबार मैदानमा उत्रनेछ ।
Comments
Post a Comment