प्रहरीले जफत गरेको पटका नष्ट गर्यो


धरान । तिहारको मौकामा अवैधरुपमा ल्याएर बिक्री वितरण गर्दै गरेको करिब २ सय किलो पटकाजन्य सामान जफत गरेर धरान प्रहरीले नष्ट गरेको छ । अघिल्लो दिन धरानका विभिन्न स्थानमा छापा मारेर वरादम गरेको आतिसबाजी एवं पटकाजन्य सामानलाई बुधबार सार्वजनिक गरेर प्रहरीले नष्ट गरेको हो । ती पटकालाई इलाका प्रहरी कार्यालय परिसरमा खाडल खनि पानी हालेर नष्ट गरिएको थियो ।
डिएसपी सञ्जयसिंह थापाका अनुसार ती पटकाजन्य सामानलाई मंगलबार धरानको विभिन्न स्थानका ३० वटा पसलबाट जफत गरिएको थियो । ‘गैरकानुनीरुपमा ल्याइएका प्रतिबिन्धित पटकाजन्य सामानहरु बिक्रीवितरण गरिरहेको सुचना पाएपछि हिजो ५ वटा टोली खटाएका थियौं’–डिएसपी थापाले भने–‘कति मुल्यका सामान हो भन्न सकिएन, तर करिब २ सय किलो छ ।’

पटका बिक्रेताहरुले झिरझिरेलाई मात्रै अघि राखेर बिक्री गरेको देखिएता पनि वम,अतिसबाजीजन्य पटकाहरु भने लुकाएर बिक्री गरिरहेको फेला परेको प्रहरीले जनाएको छ । ती पसलेहरुलाई एक पटकलाई सचेत गराएर छोडिएको र फेरि बिक्री गरेको भेटिएमा कानुनी कारबाही गर्ने चेतावानी दिइएको पनि डिएसपी थापाले बताए । पटकाजन्य सामानहरुले आगलागी हुने, साथै मानिसको ज्यानै पनि जानसक्ने भएकोले धनजनको ठुलो क्षति हुनबाट जोगाउनको लागि कारबाही गरिएको प्रहरीको भनाई छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे