छोरी वेपत्ता भएको भन्दै अधिकारकर्मीसँग गुहार

वेपत्ता भएको छोरी खोजी दिन आग्रह गर्दै धरान १२ की सिता भुजेल ।

धरान । घरेलु कामदारकोरुपमा काठमाण्डौंको चाबहिलमा रहेकी किसोरी छोरी एक्कासी गायब भएको भन्दै उनको अभिभावकले खोजीतलासको लागि प्रहरी प्रशासन एवं अधिकारकर्मीसमक्ष गुहार मागेका छन् । धरान १२ चतरालाइनका महेन्द्र भुलेर र सिता भुजेलले बिहिबार पत्रकार सम्मेलन गर्दै काठमाण्डांै ७ चाबहिलकी सिर्जना अधिकारीको घरमा बसेकी १८ बर्षीय छोरी पवित्रा भुजेल बेपत्ता भएको बताएका छन् ।
गत साउन २ गतेदेखि नै छोरी सो घरबाट हराएको भएपनि आफुहरुलाई भने असोज ४, ५ गतेतिर मात्रै जानकारी गराएको उनीहरुको जिकिर छ । आफुहरुले अधिकारीको घरमा पुगेर सोधीखोजी गर्दा प्रहरीमा निवेदन हालेकोले खोजी हुदैछ भन्ने जानकारी गराएपनि अहिलेसम्म पवित्राको अत्तोपत्तो नभएको दुवैले बताए । ‘हाम्रो छोरी कहाँ छे ? बचेको छ कि मरेको छ? जे जस्तो भएपनि थाह पाउनुपर्यो ।’–आमा सिता भुजेलले भनिन् ।

भुजेल दम्पत्तिका अनुसार गरीबिको कारणले धरानकै इन्दीरा कार्कीले ठुली छोरी पवित्रालाई ११ बर्षको उमेर अधिकारीको घरमा कामदारकोरुपमा पुर्याइदिएका थिए । सात बर्षको समयमा आफुहरुले २ पटक मात्रै छोरी भेट्न पाएको र भेट गर्दा पनि एक्कै बसेर कुराकानी गर्न नदिएको उनीहरुको भनाई छ । फोन गर्दा पनि कुरा गर्न नदिई राखिदिने गरेको सिताले बताइन् । छोरीबारे सोधीखोजी गर्दा उल्टै हप्कीदप्की गरेको पनि उनीहरुले गुनासो पोखे । छोरी हराएको खबर पाएपछि भुजेल दम्पत्तिले २५ दिन अघि इलाका प्रहरी कार्यालय धरानमा खोजी तलास गर्न निवेदन दिएका थिए भने मंगलबार पुनः महानगरिय प्रहरी महिला तथा बालबालिका खोजतलास केन्द्र काठमाण्डौं र महानगरीय प्रहरी वृत्त गौशाला काठमाण्डौंमा निवेदन पत्र पेश गरेको जनाएका छन् ।
काठमाण्डौं चाहबिलकी घरमुली सिर्जना अधिकारीले भने उमेर पुगेकी पवित्राले चिठी लेखेर नै घर छोडेको बताइन् । तथापी, खोजतलासको लागि प्रहरीमा निवेदन दिएर पहल गरिरहेको उनले बताइन् । स्वेच्छाले नै घर छोडेर हिडेको भनि छोरीले लेखेको पत्र तिनका आमाबुबालाई नै दिएको पनि उनले बताइन् । ‘उमेर पुगेकी केटी थिइन्, कसैसँग गएको पनि हुनसक्छ, प्रहरीमा निवेदन दिएका छौं । यसमा हाम्रो कुनै दोष नै छैन’–अधिकारीले मोवाइल सम्पर्कमा भनिन्–‘दुई बर्षको एकमुष्ठ तलब आमाले मगाएर लगेको थियो, छोरी ५ महिनामा नै गएपछि पैसा फिर्ता गर्नुपला भनेर पनि यो आरोप लगाएको हुनसक्छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे