जोखिममा रहेका ज्येष्ठ नागरिकलाई जोगाउन अभियान


धरान । ज्येष्ठ नागरिकहरुलाई प्राकृतिक प्रकोपबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन सोमबार धरान एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्राकृतिक प्रकोपको समयमा सबैभन्दा बढी ज्येष्ठ नागरिक(वृद्धवृद्धा)हरु जोखिममा पर्ने विभिन्न अध्ययनहरुबाट देखिएपछि नेपाल सरकार र विभिन्न गैरसरकारी संघसंस्थाहरुले संयुक्तरुपमा सचेतना अभियान सञ्चालन गरेको हो । 

नेपाल सरकारले यो बर्ष ज्येष्ठ नागरिक दिवस र अन्र्तराष्ट्रिय जोखिम न्युनिकरण दिवसलाई एकै पटक संयुक्तरुपमा मनाउने निर्णय वमोजिम सचेतना अभियान शुरु भएको छ । आइतबार चितवनको देवघाटमा एक दिन कार्यशाला गोष्ठी भएको थियो भने सोमबार सुनसरीको धरानमा गोष्ठी भएको हो । यस्तै, मंगगलबार झापाको चन्द्रगढीमा र बुधबार मोरङको विराटनगरमा पनि गोष्ठी हुने प्रकोप पूर्वतयारी सञ्जालका सल्लाहकार हर्षमान महर्जनले बताए ।
धरानमा आयोजित गोष्ठीमा सुनसरीको हाँसपोशा, पकली, बक्लौरी, इटहरी, पाँचकन्या, धरानलगायत क्षेत्रबाट चार दर्जन ज्येष्ठ नागरिकहरुको सहभागीता रहेको थियो । नगरपालिकाको लर्निङ सेन्टरमा आयोजित गोष्ठीमा ओनस नेपालका सचिव रमनकृष्ण मर्हजनले प्रकोप र बच्ने उपायबारे ज्येष्ठ नागरिकहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा प्रकोप के हो ? कस्तो कस्तो प्रकोप हुन्छ ? कस्तो घटनाहरु हुनसक्छ र कसरी जनधनको सुरक्षा गर्ने बारे जानकारी पाएको सहभागी हाँसपोशा गाविसका गणेश भण्डारीले बताए । ‘वृद्धवृद्धाहरु प्रकोपको बेला असुरक्षित हुन्छन्, त्यस्तो बेला कसरी जोगिने र अरुलाई जोगाउने भनेर धेरै ज्ञान पायौं’–उनले भने ।
स्थानीय व्यावस्थापक एकल महिला समुह सुनसरी रहेको गोष्ठीलाई धरान नगरपालिकाले सहयोग गरेको थियो भने नेपाल सरकार, ज्येष्ठ नागरिक महासंघ, ओनस नेपाल, डिपिनेट नेपालको संयुक्त आयोजनामा भएको हो । गोष्ठी समापन समारोहमा बोल्दै प्रमुख अतिथि एवं इलाका प्रशासन कार्यालयका प्रमुख सिताराम कार्कीले ज्येष्ठ नागरिकहरुले समाज र मुलुकलाई योगदान दिएकाले उनीहरुलाई सम्मान गरिनुपर्ने बताए । राज्यले ज्येष्ठ नागरिकहरुको समस्यालाई गम्भीरतापूर्वक लिएको पनि उनको भनाई थियो । यस्तै, धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले सानो परिवारको अवधारणाले आमा–बुबालाई हेला गर्ने प्रवृत्ति बढ्दै गइरहेको बताए । ‘ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिनुपर्ने हो, तर सानो परिवारको धारणाले उहाँहरुप्रति हामी हेला गर्दै गइरहेका छौं । जसले हामीलाई जन्मायो, हुर्कायो, उहाँहरुलाई पालेका छौं भन्छौं । के हामीले उहाँहरुलाई पाल्ने हो ? कि कर्तव्य पुरा गर्ने हो ?’–उनले भने ।
एकल महिला समुहकी जिल्ला उपाध्यक्ष इन्दुदेवी श्रेष्ठको अध्यक्षतामा आयोजित गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी सुनसरीका मुकुल कायस्थ, महिला सञ्जाल धरानकी अध्यक्ष मिना पुलामी, ज्येष्ठ नागरिक महासंघका मनोहर उप्रेतीलगायतले पनि बोलेका थिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे